सोमबार, २ असार, २०८२

कर्णाली राजमार्गको नाग्मा–जुम्ला खण्डको सुख्खा पहिरो हटाइयो, सडक पुनः सञ्चालनमा

कर्णाली राजमार्गअन्तर्गत नाग्मा–जुम्ला खण्डको राँकामा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक सफा गरी पुनः सञ्चालनमा ल्याइएको छ।

ठूला ढुंगा र माटोसहितको पहिरोले सडक बन्द हुँदा दुवैतर्फ सवारी साधन जाममा परेका थिए।

सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरीका अनुसार पहिरो हटाउन आवश्यक जनशक्ति र मेसिनरी परिचालन गरिएको थियो।

तीव्र प्रयासपछि पहिरो सफा गरी सडक यातायातका लागि खुला गरिएको सडक डिभिजन जुम्लाका कर्मचारी लोकेन्द्र शाहीले जानकारी दिए।

वर्षायामका कारण सडकको अवस्था जटिल हुन सक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न सडक डिभिजनले सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार