सोमबार, २ असार, २०८२

सुख्खा पहिरोले कर्णाली राजमार्ग अन्तर्गत राँका खण्ड अवरुद्ध

कर्णाली राजमार्गअन्तर्गत नाग्मा–जुम्ला खण्डको राँकामा सुख्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

ठूला ढुंगा र माटोसहितको पहिरोले सडक बन्द हुँदा दुवैतर्फका सवारी साधन जाममा परेका छन्।

सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले पहिरो हटाउन आवश्यक जनशक्ति र मेसिनरी घटनास्थलमा पठाइसकिएको जानकारी दिनुभयो।

वर्षायामका कारण सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सडक डिभिजनले सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार