सोमबार, २ असार, २०८२

जुम्ला बहुमुखी क्याम्पसमा छात्राहरूका लागि सेनेटरी प्याड भेन्डिङ मेसिनको माग

जुम्ला बहुमुखी क्याम्पसका छात्रा विद्यार्थीहरूका लागि सेनेटरी प्याड भेन्डिङ मेसिन उपलब्ध गराउन स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) ले चन्द्रनाथ नगरपालिकासँग औपचारिक अनुरोध गरेको छ।

स्ववियुले नगरपालिकालाई पठाएको पत्रमा क्याम्पसमा अध्ययनरत अधिकांश छात्राहरू दुर्गम क्षेत्रका र आर्थिक रूपले कमजोर पृष्ठभूमिबाट आएको उल्लेख छ।

उनीहरू कोठा भाडामा बसेर अध्ययन गरिरहेका छन्। मासिक रजस्वलाको समयमा स्यानिटरी प्याडजस्ता स्वास्थ्य सामग्रीको सहज पहुँच नहुँदा छात्राहरूले शारीरिक र मानसिक पीडा भोग्नुपरेको स्ववियुको भनाइ छ।

छात्राहरूको स्वास्थ्य, आत्मविश्वास र स्वाभिमानमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले क्याम्पसमा एक वा सोभन्दा बढी स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गर्न आर्थिक र प्राविधिक सहयोगको अनुरोध स्ववियुले गरेको हो।

चन्द्रनाथ नगरपालिकाले स्ववियुको यो पहललाई समर्थन गर्दै तत्काल मेसिन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार