सोमबार, २८ पुष, २०८२

जुम्लाको सिंजामा एक पुरुष मृत फेला

जुम्लाको सिन्जा गाउँपालिका–३, पिपलानी नराकोट भुलीको कच्ची सडक किनारमा एक पुरुष मृत फेला परेका छन्। मृतक सिन्जा–३ का नवीन घर्ती रहेको प्रहरीले पुष्टि गरेको छ।

प्रहरी चौकी नराकोटका हवल्दार दीपक गुरुङका अनुसार, उनको शव सडक किनारमा फेला परेको हो। मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी निरीक्षक रोहित रसाइलीको नेतृत्वमा पाँचजनाको टोली घटनास्थल पुगेको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।

मृत्युको कारण र परिस्थिति अझै खुल्न बाँकी छ। स्थानीयले घटनालाई लिएर चासो व्यक्त गरेका छन्। प्रहरीले थप विवरण प्राप्त भएपछि जानकारी दिने बताएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार