सोमबार, २ असार, २०८२

जुम्लाको तिला गाउँपालिकाको -८ बालविवाहमुक्त घोषणा

जुम्लाको तिला गाउँपालिका वडा नम्बर ८ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ। ‘हामी सबैको बाल अधिकारमा आवद्धता, बालमैत्री सुशासन तिला गाउँपालिकाको प्रतिबद्धता’ नाराका साथ आयोजित कार्यक्रममा यो घोषणा गरिएको हो।

तिला गाउँपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख गौरी थापाले वडामा बालविवाहविरुद्ध चलाइएका सचेतनामूलक अभियान र सामाजिक कुरिति न्यूनीकरणका प्रयासले यो उपलब्धि सम्भव भएको बताइन्।

तिला गाउँपालिका र किर्डाक नेपालको संयुक्त पहलमा बालविवाहविरुद्ध विभिन्न समयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो।

तिला गाउँपालिकाकी उपाध्यक्ष गोरिकला बुढाका अनुसार पालिकाका ९ वडामध्ये वडा नम्बर ६ र ८ लाई बालविवाहमुक्त घोषणा गरिएको छ, र बाँकी वडालाई पनि क्रमशः यो अभियानमा समेट्ने योजना छ।

वडा नम्बर ८ का पुरु र जुम्लाकोट गाउँमा बालक्लबको अगुवाइमा घरदैलो अभियानमार्फत किशोरकिशोरी र अभिभावकलाई बालविवाहको कानुनी पक्ष र यसका नकारात्मक असरबारे सचेत गराइएको थियो।

शिक्षा ज्योति बालक्लबका अध्यक्ष गेघ बहादुर रावतले गरिबी, अशिक्षा र अज्ञानताका कारण विगतमा बालविवाह व्यापक रहे पनि बालक्लबको सक्रियताले सकारात्मक परिवर्तन आएको बताए।

“पहिले गाउँमा बालविवाह धेरै हुन्थ्यो, तर सचेतनापछि यो निकै घटेको छ,” उनले भने। “हाम्रो अभियानले वडालाई बालविवाहमुक्त बनाउन सफल भएका छौँ।”

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार