मंगलवार, ३ असार, २०८२

चर्चित पत्रकार सागर परियार ५१ हजार राशीको रोटरी जर्नो अवार्ड–२०२५ बाट पुरस्कृत

जुम्लाको तातोपानी -२ जर्मी गाउँमा जन्मिएका सागर परियारको जीवन आफैंमा एक प्रेरणादायी कथा हो। कर्णालीको विकट भूगोल, सीमित स्रोतसाधन र अवसरका बाबजुद उनले पत्रकारितालाई आफ्नो कर्म र धर्म बनाए।

जुम्लामा बसेर पत्रकारिताको माध्यमबाट सामाजिक परिवर्तन, खानेपानी तथा सरसफाइ जस्ता आधारभूत आवश्यकताको मुद्दालाई उजागर गर्ने पत्रकार सागर परियार रोटरी इन्टरनेशनलले प्रदान गर्ने प्रतिष्ठित “रोटरी जर्नो अवार्ड–२०२५” बाट पुरस्कृत भएका छन्।

सामाजिक सशक्तीकरणका क्षेत्रमा काम गर्ने रोटरी इन्टरनेशनलले विभिन्न विधामा प्रदान गर्ने अवार्डमध्ये खुला प्रतिस्पर्धाबाट देशभरका पत्रकारहरूलाई पछाडि पार्दै परियारले यो सम्मान हासिल गरेका हुन्।

खानेपानी र सरसफाइ क्षेत्रमा पत्रकारितामार्फत उल्लेखनीय योगदान पुर्‍याएबापत उनलाई नगद रु. ५१,००० सहित यो अवार्ड प्रदान गरिएको छ।

जुम्लाको तातोपानी -२ जर्मी गाउँमा जन्मिएका सागर परियारको जीवन आफैंमा एक प्रेरणादायी कथा हो। कर्णालीको विकट भूगोल, सीमित स्रोतसाधन र अवसरका बाबजुद उनले पत्रकारितालाई आफ्नो कर्म र धर्म बनाए।

सानैदेखि सामाजिक मुद्दाप्रति संवेदनशील सागरले स्थानीय समुदायका समस्यालाई बाहिर ल्याउन पत्रकारिताको बाटो रोजे। उनको पत्रकारिता यात्रा स्थानीय रेडियो र पत्रपत्रिकाबाट सुरु भएको थियो, जहाँ उनले गाउँघरका कथाहरूलाई शब्द र आवाजमार्फत आममानिससम्म पुर्‍याए।

जुम्ला जस्तो सञ्चारका लागि चुनौतीपूर्ण क्षेत्रमा बसेर सागरले खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य र सामाजिक विभेदजस्ता विषयमा गहन र खोजमूलक समाचार लेखे।

विशेषगरी, कर्णालीका गाउँहरूमा खानेपानीको चरम अभाव, सरसफाइको कमी र त्यसले निम्त्याएका स्वास्थ्य समस्याहरूलाई उनले आफ्ना लेख र रिर्पोटहरूमा प्राथमिकता दिए।

“जब गाउँमा खानेपानीको धारा सुक्छ, तब मान्छेको सपना पनि सुक्छ,” उनको एउटा चर्चित लेखमा उल्लेखित यो वाक्यांशले कर्णालीको वास्तविकता चित्रण गर्छ।

पत्रकार परियारले खानेपानी र सरसफाइका मुद्दालाई आफ्नो पत्रकारिताको केन्द्रमा राखे। उनले जुम्ला र कर्णालीका विभिन्न गाउँमा खानेपानीको अभाव र सरसफाइको अभावले जनजीवनमा पारेको प्रभावलाई गहिराइसम्म खोतले।

उनका खोजमूलक रिर्पोटिङले स्थानीय सरकार र गैरसरकारी संस्थाहरूलाई खानेपानी र सरसफाइका परियोजनाहरू कार्यान्वयन गर्न दबाब सिर्जना गरिरहेको छ।

रोटरी इन्टरनेशनलले सामाजिक सशक्तीकरण र विकासका क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्न विभिन्न अवार्ड प्रदान गर्दै आएको छ। रोटरी जर्नो अवार्ड पत्रकारितामार्फत सामाजिक मुद्दालाई उजागर गर्ने पत्रकारहरूका लागि विशेष सम्मान हो।

“यो अवार्ड मेरो लागि मात्र होइन, कर्णालीका ती गाउँहरूको लागि हो, जहाँ खानेपानीको एक थोपा पाउन पनि घन्टौँ हिँड्नुपर्छ,” अवार्ड ग्रहण गर्दै सागरले भने।

उनले यो सम्मानले आफूलाई थप जिम्मेवार बनाएको र पत्रकारितामार्फत सामाजिक परिवर्तनको यात्रालाई निरन्तरता दिने प्रेरणा मिलेको बताए।

उनले यो अवार्डलाई आफ्नो पत्रकारिता यात्राको सुरुवात मात्र मानेका छन्। उनको अबको योजना कर्णालीका थप गाउँहरूमा खानेपानी र सरसफाइका मुद्दालाई उजागर गर्नुका साथै डिजिटल मिडियामार्फत यी कथाहरूलाई विश्वसामु पुर्‍याउनु हो।

“मेरो सपना कर्णालीका हरेक गाउँमा स्वच्छ खानेपानी र सरसफाइको पहुँच पुगोस्,” उनले भने।

उनको यो उपलब्धि जुम्ला र कर्णालीको पत्रकारिताको लागि मात्र नभएर समग्र नेपालको पत्रकारिता क्षेत्रको लागि प्रेरणाको स्रोत बनेको छ।

रोटरी जर्नो अवार्ड–२०२५ ले सागरको योगदानलाई सम्मान गरेको छ, तर उनको यात्रा यहीं रोकिने छैन। कर्णालीको यो सपूतले आफ्नो पत्रकारितामार्फत थप परिवर्तनका कथाहरू लेख्ने निश्चित छ।

पुरस्कार वितरण समारोहमा उपस्थित राेटरी जिल्ला गर्भनर राजेन्द्रमान शेर्चरलेले नेपालका पत्रकारले सामाजिक विकास तथा रुपान्तरणका लागि तथ्य उजागर गर्ने नेपाली पत्रकारहरुलाई प्राेत्साहन गर्न अर्वाड वितरण गरिएकाे बताए। राेटरी ईन्टरनेश्लन एक सेवा मुलक संस्था हाे।

उनले भने,”यसले सामाजिक रुपान्तरणका लागि काम गरिरहेकाे छ। विशेषगरी शिक्षा, स्वास्थ्य,खानेपानी, सरसफाई, दिगाे शान्ति लगायतका क्षेत्रमा काम गर्छाै। यी क्षेत्रमा सशक्त तथ्यपरक कमल चलाउने पत्रकारलाई प्राेत्साहन गर्न अर्वाड दिएका हाैं।”

छनाेट समितिका सदस्य तथा नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष दिपक आर्चायले पत्रकारकाे मेहनतकाे कदर गर्दै हाैसल प्रदान गर्न दिईएकाे अर्वाडले पत्रकारलाई थप जिम्मेवार बनाएकाे बताए।

साथै जुम्लामा बसेर समाजका विभित पक्षमा पत्रकार सागर परियारले निरन्तर कलम चलाएकाे विषयमा समेत प्रशंसा गरे। सबै विद्यामा अब्बल स्टाेरी लेखिएपनि खानेपानी र सरसफाई क्षेत्रमा उत्कृष्ट लेखन गरेका देशभरीबाट अर्वाडका लागि पत्रकार परियार छनाेटमा परेकाे समेत उल्लेख गरे।

पत्रकार परियार सहित विभिन्न विद्यामा देशभरका सात जना पत्रकारले जनही रु ५१ हजार नगद राखीकाे राेटरी जर्नाे अर्वाड प्राप्त गरेका छन्।

पत्रकार परियार यसअघि नेपाल सरकारले दिने यूवा पत्रकारिता पुरस्कार, मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कारबाट समेत सम्मानित भइसकेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार