सोमबार, २ चैत्र, २०८२

नेपाल राष्ट्रिय कर्मचारी संगठन गुठिचौर गाउँपालिकाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा सिंहमान रावत

नेपाल राष्ट्रिय कर्मचारी संगठन गुठिचौर गाउँपालिकाको तेस्रो अधिवेशन सम्पन्न भएको छ। आइतबार सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा सिंहमान रावत चयन भएका छन्।

नयाँ कार्यसमितिका को उपाध्यक्षमा रामुदेबी गौतम, सचिवमा कृष्णकान्त धिताल, कोषाध्यक्षमा टंक प्रसाद अधिकारी र सहसचिवमा जग्गी प्रसाद धिताल चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा झनमाया भण्डारी, निर्मला न्यौपाने, निलम केसी, देवकी न्यौपाने, खड्क अधिकारी, मुन प्रसाद पाण्डे, प्रतिमा भक्री, रालकृष्ण जैसी, चन्द्र बहादुर बुढा, र क्षेत्र बहादुर भण्डारी निर्वाचित भएको नेपाल राष्ट्रिय कर्मचारी संगठन जुम्लाका सचिव उत्तम देवकोटाले जानकारी दिए।

अधिवेशनले सल्लाहकार समिति पनि गठन गरेको छ, जसको संयोजकमा शिवराज देबकोटा र सदस्यहरूमा डा. शुशिल न्यौपाने, गम बहादुर रोकाया, रन बहादुर बुढा, र गंगा प्रसाद पाण्डे रहेका छन्।

यसैगरी, जिल्ला प्रतिनिधिका रूपमा मिन बहादुर भण्डारी, लक्ष्मीचन्द्र अधिकारी, समराज ऐडी, द्वारिका न्यौपाने, कर्मराज गिरी, उत्तमराज गिर र नवराज योगी मनोनित भएका छन्।

नवनिर्वाचित अध्यक्ष रावतले आफ्नो कार्यकाल सफल र उपलब्धिमूलक हुने विश्वास प्रतिबद्धता जनाए। उनले भने, “संगठनले कर्मचारीहरूको हकहित र गाउँपालिकाको समृद्धिका लागि सक्रिय भूमिका निर्वाह गर्ने लाग्नेछ।”

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार