आठबीस नगरपालिकामा स्वास्थ्य प्रणाली व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

आठबीस नगरपालिकामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनस्वास्थ्य महाविद्यालय बीपीएच तेस्रो वर्षका विद्यार्थीहरूद्वारा आयोजित नगरपालिका स्वास्थ्य प्रणाली व्यवस्थापन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नगर प्रमुख तर्कबहादुर बडुवाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत निशा ज्ञवाली, जनस्वास्थ्य अधिकृतहरू प्रकाशराज भट्ट र देवराज तिमिल्सेना, अमिन दीपेन्द्र केसी, सञ्चारकर्मी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र नगरपालिकाका सबै शाखाका अधिकृतहरूको उपस्थिति रहेको थियो। […]
निर्माण सामग्रीमा ब्रह्मलुट, बजार अनुगमनमा सरकारको चासो छैन !

नेपाली काङ्ग्रेसका नेता एवं महामन्त्री गगन थापा भन्छन्, “बिचौलिया र व्यापारीहरू प्रधानमन्त्रीको बेडसम्म पुगे।” सदनमा सांसदहरूले बजार अनुगमन गर्नुपर्छ भनेर आवाज उठाउँदैनन्। सरकारमा बसेकाहरू बजार अनुगमनमा चासो दिँदैनन्। पछिल्लो समय हार्डवेयर तथा निर्माण सामग्रीको मूल्य ह्वात्तै बढेको छ। तर, मूल्यअनुसार सामान भने गुणस्तरीय नरहेको वा कमसल हुने गरेको बजारमा व्यापक गुनासो सुनिन्छ। डन्डी, जस्तापाता, रङ, […]
डोल्पाको त्रिपुरा सुन्दरी मन्दिर: एक मनमोहक र अनौठो शक्तिपीठ

किम्बदन्तीअनुसार, परापूर्वकालमा यो ठाउँमा विक्रम शाही महाराजको दरबार थियो। दरबारनजिकैको धान कुट्ने ओखलमा अनौठा घटनाहरू देखिन थालेपछि उत्खनन गर्दा तामाको षट्कोण यन्त्र, नवदुर्गा भगवतीका नौ स्वरूप र अन्य पवित्र वस्तुहरू भेटिए। चार चट्टानको थाप्लोमा ठिङ्ग उभिएको त्रिपुरा सुन्दरी मन्दिर चारैतिर होचो भूभाग र विशाल ठूली भेरी नदीले घेरिएको अनौठो ठाउँमा अवस्थित छ। मन्दिरबाट तल हेर्दा […]
कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव: रारालाई छायांकन गन्तव्य बनाउने लक्ष्य

मुगुको रारा तालको काखमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले कर्णालीको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधतालाई विश्वमाझ चिनाउने अभियान बोकेको छ। चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित यो महोत्सवमा बोर्डका अध्यक्ष दिनेश डीसी, निर्देशक दीपाश्री निरौला र अभिनेता प्रदीप खड्का सहभागी छन्। चलचित्र विकास बोर्डले नेपालको सांस्कृतिक र प्राकृतिक वैभवलाई विश्वसामु उजागर गर्न एकैसाथ चार फरक स्थानमा जीवन्त […]
कर्णाली राजमार्ग अवरुद्ध : दैलेखको राकम कर्णालीमा करेन्ट लागेर युवकको मृत्यु

दैलेख जिल्लाको आठबिस नगरपालिकास्थित राकम कर्णालीमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्युको विरोधमा पीडित परिवार र स्थानीयले कर्णाली राजमार्ग अवरुद्ध गरेका छन्। घटना शोमबार बिहान भएको हो, जहाँ घाँस काट्ने क्रममा विद्युत् प्रवाहका कारण ती युवकको ज्यान गएको प्रहरीले जनाएको छ। पीडित पक्षले दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै […]
नेपाल राष्ट्रिय कर्मचारी संगठन गुठिचौर गाउँपालिकाको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा सिंहमान रावत

नेपाल राष्ट्रिय कर्मचारी संगठन गुठिचौर गाउँपालिकाको तेस्रो अधिवेशन सम्पन्न भएको छ। आइतबार सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा सिंहमान रावत चयन भएका छन्। नयाँ कार्यसमितिका को उपाध्यक्षमा रामुदेबी गौतम, सचिवमा कृष्णकान्त धिताल, कोषाध्यक्षमा टंक प्रसाद अधिकारी र सहसचिवमा जग्गी प्रसाद धिताल चयन भएका छन्। त्यस्तै सदस्यहरूमा झनमाया भण्डारी, निर्मला […]





