बुधबार, ४ असार, २०८२

शिक्षामन्त्री भट्टराईले दिइन्, राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दियो।

उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन्। शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन्।

आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ। सम्भवतः आजकै मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुनेछ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार