शुक्रबार, २१ कार्तिक, २०८२

समाजसेवी दलबिर रोकायाद्वारा जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण

विद्यालयका प्रधानाध्यापक महेश रावलले दलबिर रोकायाको यस पहललाई सराहना गर्दै यसले विद्यार्थीहरूको शिक्षामा ठूलो योगदान पुर्‍याएको बताए।

हिमा गाउँपालिका–५ का समाजसेवी तथा स्वास्थ्यकर्मी दलबिर रोकायाले आफ्नो जन्मदिनको अवसरमा हिमा आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन्।

विद्यालयका प्रधानाध्यापक महेश रावलले दलबिर रोकायाको यस पहललाई सराहना गर्दै यसले विद्यार्थीहरूको शिक्षामा ठूलो योगदान पुर्‍याएको बताए।

उनले भने, “उहाँले गरेको योगदान स्थानीय शिक्षा विकासमा महत्त्वपूर्ण छ। हामी उहाँ जस्ता समाजसेवीबाट आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्छौं।”

यस अवसरमा विद्यार्थीहरूले पनि आफ्नो आभार व्यक्त गर्दै रोकायाको उज्ज्वल भविष्यको कामना गरेका छन्। समाजसेवी रोकायाको यो पहलले स्थानीय स्तरमा शिक्षा प्रवर्द्धनमा सहयोग पुगेको विद्यालय परिवारले जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार