शुक्रबार, २१ कार्तिक, २०८२

कनकासुन्दरीमा नेपाल राष्ट्रिय कर्मचारी संगठनको दोस्रो अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति गठन

नवनिर्वाचित अध्यक्ष रन्नी बहादुर घर्तीले संगठनलाई थप सशक्त बनाउँदै कर्मचारीहरूको हकहित र पालिकाको विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल राष्ट्रिय कर्मचारी संगठन (नेराकस) को दोस्रो पालिका स्तरीय अधिवेशन कनकासुन्दरी गाउँपालिकामा सम्पन्न भएको छ। अधिवेशनले रन्नी बहादुर घर्तीको अध्यक्षतामा १३ सदस्यीय नयाँ पालिका स्तरीय कार्यसमिति गठन गरेको छ।

नवगठित कार्यसमितिमा शुशिला आचार्य उपाध्यक्ष, विष्णुमाया उपाध्याय सचिव, पुण्यजङ हमाल सहसचिव र ललितजङ खत्री कोषाध्यक्षको जिम्मेवारीमा चुनिएका छन्।

त्यस्तै, लक्ष्मी रोकाया, हरि बहादुर बुढा, जौमति कामी र शन्तोष कुमार विष्ट सदस्यका रूपमा निर्वाचित भएको नेला राष्ट्रिय कर्मचारी संगठन जिल्ला समन्वय समितिका जिल्ला सचिव उत्तम देवकोटाले जानकारी दिए।

अधिवेशनमा जिल्ला प्रतिनिधिका रूपमा नेत्र बहादुर खत्री, जनकराज हमाल, दिपेन्द्र उपाध्याय र नन्द बहादुर खत्रीको सहभागिता रहेको थियो।

नवनिर्वाचित अध्यक्ष रन्नी बहादुर घर्तीले संगठनलाई थप सशक्त बनाउँदै कर्मचारीहरूको हकहित र पालिकाको विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो अधिवेशनले स्थानीय स्तरमा कर्मचारी संगठनको सक्रियता र नेतृत्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार