मंगलवार, ३ असार, २०८२

वडा कार्यालय र आस्था नेपाल बन्यो दुःखीको साहारा

वडा अध्यक्ष कमल रावलले विकास विकको नागरिकताका लागि प्रक्रिया अगाडि बढाई इलाका प्रशासन कार्यालयसँग समन्वय गरेर घरमै नागरिकता उपलब्ध गराउने व्यवस्था मिलाएका छन्।

अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ६ तोलीमा आस्था नेपाल र वर्ल्ड भिजनद्वारा सञ्चालित बाल संरक्षण तथा बालस्पोन्सरशिप परियोजनामार्फत विभिन्न सामाजिक सशक्तिकरणका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

यसैअन्तर्गत वडा कार्यालयको आयोजना र आस्था नेपाल तथा वर्ल्ड भिजनको सहयोग र सहजीकरणमा प्रत्येक महिना वडामा बालअधिकार समितिको बैठक बस्ने गरेको छ।

उक्त बैठक साविकका टोलहरूमा जोखिममा रहेका परिवार भएका ठाउँमा समुदायसँगै बालअधिकार समितिका सदस्य र आस्था नेपालका प्रतिनिधिहरू पुगेर बाल संरक्षणका सवालहरू, बालबालिकामा लगानी किन गर्ने, जोखिममा रहेका बालबालिकाको पहिचान कसरी गर्ने भन्ने विषयमा समुदायसँग अभिमुखीकरण र अन्तरक्रिया गर्ने गरिएको छ।

वडा कार्यालयले बालअधिकार समितिको बैठक प्रत्येक टोल-टोलमा गएर गर्ने गरेको यो नयाँ र नौलो अभ्यास हो। आज साविकको वडा नम्बर २ मा बसेको बालअधिकार समितिको बैठकमा समुदायसँग छलफल गरी समुदायले नै सिफारिस गरेका आर्थिक अवस्था कमजोर भएका लाल विक र पवि विकका छोरा ८ वर्षीय विकास विककी आमा पवी विकलाई जोखिममा रहेका बालकको रूपमा पहिचान गरिएको छ।

उनलाई आस्था नेपाल र वर्ल्ड भिजनबाट १० हजार बराबरको खाद्यान्न, शैक्षिक सामग्री र लत्ताकपडा सहयोग प्रदान गरिएको छ। छलफलकै क्रममा उनको परिवारसँग नागरिकता नभएको जानकारी पनि प्राप्त भएको थियो।

वडा अध्यक्ष कमल रावलले विकास विकको नागरिकताका लागि प्रक्रिया अगाडि बढाई इलाका प्रशासन कार्यालयसँग समन्वय गरेर घरमै नागरिकता उपलब्ध गराउने व्यवस्था मिलाएका छन्।

आजै उनले नागरिकता हस्तान्तरण गरेका छन्। अध्यक्ष रावलले यसअघि पनि अपाङ्ग परिचयपत्र वितरण गर्ने काम गरिसकेका छन्। जनताका लागि बाधा उत्पन्न हुने र दुर्गम क्षेत्रका हरेक चुनौती सामना गर्दै असहाय बालबालिकाको शिक्षादीक्षाका लागि, अपाङ्ग परिचयपत्रका लागि आफ्नो पहल नचालेका होइनन्।

उक्त कार्यक्रममा कामलाई निरन्तरता दिन नायब सुब्बा मन बहादुर सिजापातीले सनखत गरेका थिए भने प्रशासन कार्यालयका कार्यालय सहयोगी दिनेश राज अधिकारीले सहयोग वितरणमा सहभागिता जनाएका थिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार