मंगलवार, ३ असार, २०८२

जुम्ला बहुमुखी क्याम्पसमा एकीकृत समाजवादीबाट स्ववियु अध्यक्ष पदमा लक्ष्मण सुनारको उम्मेदवारी

उनी दलित समुदायबाट अध्यक्ष पदका लागि एकमात्र उम्मेदवार बनेका छन्।

जुम्ला बहुमुखी क्याम्पसमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि नेकपा एकीकृत समाजवादी पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) बाट लक्ष्मण सुनारले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

उनी दलित समुदायबाट अध्यक्ष पदका लागि एकमात्र उम्मेदवार बनेका छन्। मंगलबार उम्मेदवारी दर्ता कार्य सम्पन्न भएपछि निर्वाचन अधिकृत पदम बहादुर शाहीले जारी गरेको सूचीअनुसार सुनार दलित समुदायको तर्फबाट एक्ला उम्मेदवार रहेको जानकारी दिए।

निर्वाचन अधिकृत शाहीले भने, “लक्ष्मण सुनार दलित समुदायबाट अध्यक्ष पदमा उम्मेदवारी दिने एकमात्र विद्यार्थी नेता हुन्, जसले यो निर्वाचनमा विविधताको प्रतिनिधित्वलाई पनि उजागर गरेको छ।”

चैत ५ गते हुने स्ववियु निर्वाचनमा विद्यार्थी नेताहरूले आफ्नो सक्रियता बढाइरहेका छन्। लक्ष्मण सुनारको उम्मेदवारीले दलित समुदायको प्रतिनिधित्व र विद्यार्थी राजनीतिमा समावेशीताको मुद्दालाई थप बल पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार