मंगलवार, ३ असार, २०८२

जुम्लाको सिंजा बहुमुखी क्याम्पसको अध्यक्षमा अखिल (क्रान्तिकारी)का सन्तोष आचार्य निर्विरोध निर्वाचित

मंगलबार सम्पन्न सहमतिअनुसार नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का सन्तोष आचार्य निर्विरोध सभापतिमा निर्वाचित भएका छन्।

जुम्लास्थित सिंजा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा चारवटा विद्यार्थी संगठनहरूबीच सहमति कायम भएको छ।

मंगलबार सम्पन्न सहमतिअनुसार नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का सन्तोष आचार्य निर्विरोध सभापतिमा निर्वाचित भएका छन्।

स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत तीर्थ बहादुर नेपालका अनुसार विभिन्न विद्यार्थी संगठनहरूले आपसी समझदारीमा नेतृत्व चयन गरेका हुन्।

सहमतिअनुसार उपसभापतिमा अनेरास्ववियुका महेन्द्रराज बम र सचिवमा नेविसंघका राजिन्दा शाही निर्विरोध चुनिएका छन्।

त्यस्तै, कोषाध्यक्षमा अखिल समाजवादीका तुलराज तिरुवा तथा सदस्यहरूमा नेविसंघका राजन बम, अखिल समाजवादीका मोहन भण्डारी र सोविन्द बम निर्विरोध निर्वाचित भएका छन्। सिंजा बहुमुखी क्याम्पसमा हाल १८० जना विद्यार्थी अध्ययनरत छन्।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत वि.सं. २०६७ मा स्थापना भएको यो क्याम्पसमा विद्यार्थी संगठनहरूबीच सहमति कायम हुनुले यहाँको शैक्षिक वातावरण र राजनीतिक सहकार्यलाई सकारात्मक सन्देश दिएको निर्वाचन अधिकृत नेपालले बताए। “यो सहमतिले विद्यार्थीहरूबीच एकता र समन्वयको उदाहरण प्रस्तुत गरेको छ,” उनले भने।

यो निर्वाचनले क्याम्पसमा प्रतिस्पर्धाको सट्टा सहकार्यको संस्कृति स्थापित गरेको विद्यार्थी नेताहरूको भनाइ छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार