नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जुम्लालेचैत ५ मा हुने स्ववियु निर्वाचनका लागि आफ्ना उम्मेदवारहरूको घोषणा गरेको छ।
अनेरास्ववियु जुम्लाका अध्यक्ष रतननाथ योगीले दिएको जानकारी अनुसार जुम्ला बहुमुखी क्याम्पसमा अध्यक्ष पदमा लोकेन्द्र बुढालाई उम्मेदवार बनाइएको छ।
त्यस्तै, सचिव पदमा नवराज भण्डारी र कोषाध्यक्ष पदमा बिन बहादुर रावतलाई उम्मेदवारको रूपमा प्रस्तुत गरिएको छ।
अनेरास्ववियुले विद्यार्थीहरूको हकहित र शैक्षिक सुधारका लागि सक्रिय भूमिका निर्वाह गर्ने उद्देश्यले यी उम्मेदवारहरू चयन गरेको अध्यक्ष योगीले बताए।
लोकेन्द्र बुढाको नेतृत्वमा अनेरास्ववियुले यहाँका विद्यार्थी समस्याहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
यो घोषणासँगै अनेरास्ववियुले आगामी दिनमा थप रणनीति र कार्यक्रमहरू सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ।