सोमबार, ८ पुष, २०८१

जुम्लाबाट टिकापुुर जाँदै गरेको बस कर्णाली राजमार्गमा दुर्घटना

जुम्लाबाट टिकापुरतर्फ जाँदै गरेको ना४ख ६०५६ नम्बरको बस दैलेखको आठविस नगरपालिका–३ सिस्नेमा दुर्घटनामा परेको हो।

कर्णाली राजमार्गको खतरनाक घुम्ती र उकालो–ओरालो यात्रामा फेरि पनि एउटा दुर्घटना भएको छ।

जुम्लाबाट टिकापुरतर्फ जाँदै गरेको ना४ख ६०५६ नम्बरको बस दैलेखको आठविस नगरपालिका–३ सिस्नेमा दुर्घटनामा परेको हो।

तीव्र गतिमा रहेको बसले नियन्त्रण गुमाउँदा पर्खालमा ठोक्किएर रोकिएको थियो। यसले गर्दा बस अनियन्त्रित भएर खोलामा खस्नबाट जोगिएको यात्रुहरूले बताएका छन्।

दुर्घटनाका घाइतेहरूको संख्या यकिन भइनसके पनि प्रारम्भिक जानकारीअनुसार केही यात्रु सामान्य घाइते भएको बताइएको छ।

घाइतेहरूको उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजाने तयारी भइरहेको छ।

दैलेखका डीएसपी सुनिल दाहालका अनुसार घटनाबारे थप विवरण संकलन भइरहेको छ।

“घटनास्थलको स्थिति हेरेपछि मात्रै यकिन तथ्य प्रस्तुत गर्न सकिन्छ,” डीएसपी दाहालले बताए।

बस दुर्घटनापछि स्थानीय बासिन्दाले तत्काल उद्धारकार्य सुरु गरेका थिए।

उनीहरूले घाइते यात्रुहरूलाई गाडीबाट निकालेर सुरक्षित स्थानमा पुर्‍याएका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार