शनिबार, २३ फाल्गुन, २०८२

माओवादी नेता गौतमले जन्मदिनको अवसरमा बिरामीलाई बाँडे पोषिलो खाना

नेता गौतमले बिरामीलाई दुईवटा लोकल अण्डा, दुईवटा स्याउ र एक फ्रुटि वितरण गरेका हुन।

तातोपानीका कृषक तथा माओवादी नेता दीपक गौतमले आफ्नो ४३ औं जन्मदिनलाई समाजसेवामा समर्पित गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपचाररत ५५ जना बिरामीलाई पोषिलो खाद्य सामग्री वितरण गरेका छन्। नेता गौतमले बिरामीलाई दुईवटा लोकल अण्डा, दुईवटा स्याउ र एक फ्रुटि वितरण गरेका हुन।

“सामाजिक उत्तरदायित्वको भावनाले प्रेरित भएर मैले जन्मदिनलाई विशेष र सकारात्मक तरिकाले मनाउने निर्णय गरेको हुँ,” उनले भने, “यसले बिरामीहरूलाई प्रफुल्लित हुन मद्दत गर्छ र स्वास्थ्यप्रति जागरूकता ल्याउँछ।”

बिरामीहरूले पोषिलो खाद्य सामग्री पाउँदा खुशी व्यक्त गरे भने अस्पताल प्रशासनले समेत उनको यो योगदानको प्रशंसा गरेको छ।

कर्णालीका विकट बस्तीबाट आएका बिरामीहरूका लागि पोषिलो खानाको अभावलाई ध्यानमा राख्दै उनले यस्तो कदम चालेको बताएका छन्। जसले बिरामीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उनको बुझाई छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार