मंगलवार, १३ माघ, २०८२

जुम्लामा माेटरसाईकल दुर्घटना: एक जनाकाे निधन

सडकबाट माेटरसाईकल १६० मिटर तल भेरी खोलाको छेउमा खसेर दुर्घटना भएकाे थियोे।

तातोपानी गाउँपालिका – ७ सर्मीगाउँका ३१ वर्षीय हेमराज कुवँरकाे माेटरसाईकल दुर्घटनामा परी मृत्यु भएकाे छ। उपचारकाे क्रममा अस्पतालमा उनकाे निधन भएकाे हाे।

तिला गाउँपालिका – ३ त्रिबेणीबाट सर्मीगाउँ तर्फ जाँदै गरेको १ प १६०५ नम्बरको मोटरसाईकल तिला गाउँपालिका – ४ रावतवाडामा दुर्घटनामा परी मृत्यु भएकाे हाे।

सडकबाट माेटरसाईकल १६० मिटर तल भेरी खोलाको छेउमा खसेर दुर्घटना भएकाे डिएसपी छेदिलाल कामतीले बताए।

उनले भने, ‘माेटरसाईकल हेमराजले चलाएका थिए । उनीसँगै चडेकाे उनकाे छाेरा परिश्रम कुवँर घाईते भएका छन्। उनकाे उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भई रहेकाे छ।’

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार