‘कर्णालीको शिर’ दोहोरी गीत गायक भण्डारीको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
हुम्लाबाट काठमाडौं गएर देउडा गीत गएका नवराज भण्डारी र जुम्लाकी गायिका सम्झना अधिकारीको गीत बजारमा।
सिमकोट गाउँपालिका वडा नम्बर -१ ठेहे गाउँमा जन्मिएका हुन भने सम्झना जुम्लाको हिमा गाउँपालिका पाथार खोला जर्जाली गाउँमा जन्मिएकी हुन।
विन खातीको शब्द, लय रहेको उक्त लोक दोहोरी गीतमा गायक भण्डारी र गायीका अधिकारीले स्वर दिएका छन्। उक्त दोहोरी गीतमा हुम्ला जुम्ला सहित कर्णालीका साविकका जिल्लाहरुको सम्भावनाका विषयवस्तु उठान गरिएको छ।
गीतमा पर्यटकीय सम्भावना बोकेको कर्णाली भएकाले यसको थुप्रै सम्भावनाका प्रचारप्रसार सहित मायापिरतीका शब्द पनि समेटिएका छन्।
‘हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोट जिल्लामा विभिन्न पर्यटकीय र धार्मीक गन्तव्यको प्रचुर सम्भावना भएकाले यसको प्रचारका लागि यो गीत बजारमा ल्याएका हौं,’ गायक गायिकाले भने।
‘कर्णालीको शिर’ दोहोरी गीत गायक भण्डारीको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
गायक भण्डारीले यसअघि थुप्रै देउडा गीत बजारमा ल्याइसकेका छन्। दोहोरी गीत भने पहिलो भएको उनको भनाइ छ।
शनिबार मात्रै सार्वजनिक भएको ‘कर्णालीको शिर’ दोहोरी गीतको चर्चाले निकै उत्साहित भएको गायिका अधिकारीले बताइन्।
‘मनमा हजारौं रहर हुँदा हुँदै पनि समय र परिस्थितिले गर्दा आफ्नाे कला र गला देखाउन पाएकी थिइनँ,’ उनले भनिन्, ‘उमेर ढल्किए पनि समय गए पनि अहिले आएर गीत संगीतमा पाइला टेक्न पाउँदा अति नै खुसि लागेको छ।’
उनकाले एउटा आफ्नाे अपिसियल गीत निकालेकि छन् भने ‘दयालु मन रुँदाे देउडा ठाडी भाका गीत पनि निकालेकी छन्।
उनले हुम्लाका राष्ट्रिय गायक नवराजसँग कर्णालीकाे शिरमा आफूलाई गीत गाउने मौका दिएपछि साह्रै खुसी लागेको बताइन्।