शुक्रबार, ११ बैशाख, २०८३

अवैध भरुवा बन्दुकसहित सुर्खेतमा एक जना पक्राउ

सुर्खेतको बराहताल गाउँपालिका–४ बाट अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।

प्राप्त गोप्य सूचनाका आधारमा मिति २०८३ साल वैशाख ११ गते प्रहरी चौकी तरंगा र इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा छापा मार्दा स्थानीय ५३ वर्षीय शेर बहादुर रानालाई पक्राउ गरेको हो।

प्रहरी कार्यालय सुर्खेतका डिएसपी अमरजङ्ग बुढाथोकी अनुसार रानाले लुकाई–छिपाई राखेको अवस्थामा एक थान भरुवा बन्दुक बरामद गरिएको हो। बरामद गरिएको हतियारसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतमा राखिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार