मंगलवार, ८ बैशाख, २०८३

सुर्खेतको बराहतालमा अवैध सालको काठ बरामद, एक जना फरार

सुर्खेत जिल्लाको बराहताल गाउँपालिका–५ धुलेचौरमा प्रहरीले अवैध काठ बरामद गरेको छ।

मिति २०८२ साल वैशाख ८ गते साँझ करिब ४:४५ बजे गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतबाट प्रहरी निरीक्षक भुपेन्द्र शाही र प्रहरी चौकी बड्डीचौर सुर्खेतबाट प्रहरी सहायक निरीक्षक होबिन्द ब. रावलसहितको संयुक्त प्रहरी टोली खटिएको थियो। सो टोलीसँगै सव डिभिजन वन कार्यालय बड्डीचौर सुर्खेतको टोली पनि परिचालन गरिएको थियो।

टोलीले धुलेचौर निवासी ५५ वर्षीय कर्णबहादुर थापाको गोठमा खानतलासी गर्दा साल जातको ७ फिट लम्बाइका २२ थान चिरान काठ बरामद गरेको हो। बरामद गरिएको काठ आवश्यक कारबाहीका लागि सव डिभिजन वन कार्यालय बड्डीचौर सुर्खेतको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

घटनापछि काठका मालिक कर्णबहादुर थापा फरार रहेका छन् भने उनको खोजतलास कार्य जारी रहेको छ। साथै, घटनाबारे थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयमा पठाइएको जनाइएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार