मंगलवार, ८ बैशाख, २०८३

कर्णाली राजमार्गको अवरोध हट्यो, सवारीमा सिसी क्यामरा र जीपीएस अनिवार्य

केही समयदेखि अवरुद्ध रहेको कर्णाली राजमार्ग पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रमुख जिल्ला अधिकारी दिपक पौडेलको अध्यक्षतामा बसेको बैठकले अवरोध हटाउने निर्णय गरेको हो। सुर्खेतका यातायात व्यवसायी र जुम्लाको तिला कर्णाली यातायात प्रालिबीचको विवादका कारण राजमार्ग बन्द भएको थियो। बैठकमा उक्त विवाद समाधान गर्दै अबदेखि कुनै पनि किसिमको अवरोध नगर्ने सहमति भएको […]

जुम्लामा गर्भवती, सुत्केरी आमा र नवशिशु मृत्युबारे जिल्ला स्तरीय समीक्षा सम्पन्न

गर्भवती आमा, सुत्केरी अवस्था तथा नवशिशुको मृत्युका कारणहरूको विश्लेषण गर्दै यस्ता घटनाहरू न्यूनीकरण गर्ने उद्देश्यले जुम्लामा जिल्ला स्तरीय समीक्षा कार्यक्रम सम्पन्न भएको छ। कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा निर्देशनालयको समन्वयमा जनस्वास्थ्य कार्यालय जुम्लाको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।  कार्यक्रममा आमा तथा नवशिशु मृत्युका विभिन्न कारणहरूबारे विस्तृत छलफल गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख […]

जुम्लाका तीन पालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

कर्णालीको हिमाली जिल्ला जुम्लामा शैक्षिक गतिविधिलाई स्थानीय आवश्यकता अनुसार व्यवस्थापन गर्ने अभ्यास देखिएको छ। यहाँका आठ स्थानीय तहमध्ये तीन गाउँपालिकाले संघीय सरकारको दुई दिन सार्वजनिक बिदा दिने निर्णयभन्दा फरक अभ्यास अपनाउँदै आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छन्। कनकासुन्दरी गाउँपालिका, सिँजा गाउँपालिका र तातोपानी गाउँपालिकाले विद्यालयको हकमा आइतबार बिदा नदिने र नियमित पठनपाठन सञ्चालन […]

‘फोहोर राजनीति’ विरुद्ध समेत अभियान तीव्र पार्ने चेतावनी

जुम्लाको चन्दननाथ नगरपालिकामा रहेको जुगाड खोला सरसफाइको विषयमा जनप्रतिनिधिहरूले बेवास्ता गरेको भन्दै स्थानीय अभियान्ताहरूले कडा असन्तुष्टि जनाएका छन्।  मेयर, उपमेयर तथा सम्बन्धित वडाध्यक्षसमक्ष पटक–पटक ध्यानाकर्षण गराउँदा समेत कुनै ठोस पहल नभएको उनीहरूको गुनासो छ। अभियान्ताहरूका अनुसार सरसफाइ जस्तो संवेदनशील विषयमा समेत जनप्रतिनिधिहरूले चासो नदेखाएपछि अब आफूहरू नै अग्रसर भई अभियानलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको […]

भूमाफिया , जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा मासिँदै खेतीयोग्य जमिन, बालेन सरकारले रोक्ला ?

केही दशकअघिसम्म हामी नेपाली गर्वका साथ भन्थ्यौं, नेपाल कृषि प्रधान मुलुक हो । दुर्भाग्य, अहिले विदेशीले एक हप्ता खाद्यान्न रोकिदिने हो भने हामी भोकभोकै मनुपर्ने स्थिति आउन सक्छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले केही वर्षअघि काठमाडौं र भक्तपुरको सीमाना मनोहरामा खेतीयोग्य जमिन प्लटिङ गरेर बेच्यो । भक्तपुर नगरपालिकाले पनि विभिन्न स्थानका खेतीयोग्य जमिन प्लटिङ गरेर […]

ताजा समाचार