मंगलवार, ८ बैशाख, २०८३

जुम्लामा गर्भवती, सुत्केरी आमा र नवशिशु मृत्युबारे जिल्ला स्तरीय समीक्षा सम्पन्न

गर्भवती आमा, सुत्केरी अवस्था तथा नवशिशुको मृत्युका कारणहरूको विश्लेषण गर्दै यस्ता घटनाहरू न्यूनीकरण गर्ने उद्देश्यले जुम्लामा जिल्ला स्तरीय समीक्षा कार्यक्रम सम्पन्न भएको छ।

कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा निर्देशनालयको समन्वयमा जनस्वास्थ्य कार्यालय जुम्लाको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो। 

कार्यक्रममा आमा तथा नवशिशु मृत्युका विभिन्न कारणहरूबारे विस्तृत छलफल गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्माले जानकारी दिए।

उनका अनुसार कार्यक्रमपश्चात यस्ता घटनाहरू रोकथाम गर्न ठोस कार्ययोजना निर्माण गर्ने तयारी गरिएको छ। ‘समयमै उपचार पहुँच, स्वास्थ्य सेवाको गुणस्तर सुधार र समुदायस्तरमा सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याइएको छ,’ शर्माले भने।

जुम्लाको भ्याली भ्यु होटलमा सम्पन्न कार्यक्रममा जिल्लाभरका स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, नर्सिङ कर्मचारी, स्वास्थ्यकर्मी तथा सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। 

साथै स्वास्थ्य सेवा निर्देशनालयका प्रतिनिधि मानकुमारी गुरुङ, युनिसेफ नेपाल सुर्खेतबाट स्वास्थ्य अधिकृत बिन्दु पन्थी र महालक्ष्मी प्रजापती, तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमले स्वास्थ्य सेवामा सुधार, पहुँच विस्तार र प्रभावकारी कार्यान्वयनमार्फत आमा तथा नवशिशु मृत्युदर घटाउने दिशामा महत्वपूर्ण आधार तयार गर्ने विश्वास गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार