स्थानीयको असन्तुष्टको कारणले लगाइएको तिला गाउँपालिकामा लगाइएको ताला आज खुलेको छ। तिला ६ को वडा कार्यालयको भवन निर्माणमा गाउँपालिकाले स्थानीयलाई असहज हुने ठाउँमा ठेक्का आह्वान गरेको भन्दै वडा ६ स्थित रिपि र सुढी गाउँका स्थानीयबासीले पालिकामा तालाबन्दी गरेका थिए।
गाउँपालिकामा आज बसेको बैठकमा आन्दोलन पक्षसँग भएको सहमति अनुसार भवन निर्माणको ठेक्का प्रक्रिया तत्काल रद्द गर्ने गरेर स्थानीय बासी सहमतिमा आएका छन्।
उक्त बजेटबाट योजना निर्माण गर्ने र हाललाई पालिकामा लगाइएको ताला खोल्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए।
गाउँपालिकाका अध्यक्ष रोकायाको अध्यक्षतामा बसेको बैठकले उक्त सहमति भएपछि गाउँपालिकाको प्रमुख प्रशासकीय केन्द्रमा लगाएको ताला खुलेको स्थानीय बासी वीरबहादुर रावतले बताए।
तिला ६ को वडा कार्यालयमा लगाएको ताला अझै खुलेको छैन्। वडामा बस्ने बैठकबाट आउने निर्णय अनुसार ताला खोलिने स्थानीय बासीको अडान रहेको रावतले जानकारी दिए। गाउँपालिकाले वडा कार्यालयको भवन निर्माणका लागि ५० लाखको ठेक्का आह्वान गरेपछि सुढी र रिपि गाउँका स्थानीय बासीले आन्दोलन गरेका थिए।
पालिका र स्थानीय बीच भएको सहमति पत्र

















