सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले मन्त्री पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का हुँदा उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।
उनलाई रास्वपाले ललितपुर-२ बाट उम्मेदवार बनाउने तयारी गरिरहेको छ ।
















