सोमबार, १२ माघ, २०८२

जुम्लाका स्याउ किसानले बिमाको क्षतिपूर्ति पाउने

जुम्लाका स्याउ किसानले बिमाको क्षतिपूर्ति पाउने भएका छन्। जुम्लाका स्याउ किसान र शिखर इन्स्योरेन्सबीच लामो समयदेखिको विवाद समाधान भएको छ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव राजेन्द्र मिश्रको रोहवरमा भएको त्रिपक्षीय वार्ताबाट जुम्लाका स्याउ किसानका पक्षमा महत्त्वपूर्ण निर्णय भएको हो।

तातोपानी गाउँपालिकाका करिव ५११ जना किसानका ९७ हजार २ सय २० स्याउका विरुवा र पातारासी र कनकासुन्दरी गाउँपालिकाका किसानले समेत राहत पाउने भएका छन्।

आज भएको सहमति अनुसार यसअघि मौसम मापन केन्द्रको रिपोर्टमा देखिएको प्राविधिक समस्यालाई सच्याउँदै ती क्षेत्रलाई मध्यम खडेरी प्रभावित क्षेत्रका रूपमा मूल्याङ्कन समेत गरिने भएको हो।

वार्ताका सहभागी तथा तातोपानी गाउँपालिका ४ का वडा अध्यक्ष अमर रोकायाले ‘आज भएको वार्तामा बिमा रकममा पनि वृद्धि गरिएको र जसमा तातोपानीका किसानले प्रतिबिरुवा ४०० रुपैयाँ र पातारासी तथा कनकासुन्दरीका किसानले प्रतिबिरुवाको ३५० रुपैयाँ प्राप्त गर्ने’ ,उनले भने।

साथै उनले सरकारबाट प्राप्त हुने अनुदान रकम पछि सोधभर्ना हुने गरी अहिले शिखर इन्स्योरेन्सले नै किसानहरूलाई एकमुष्ट भुक्तानी दिने जिम्मा लिएको र नयाँ मूल्याङ्कन प्रक्रिया पूरा भएपछि आगामी १५ दिनभित्र आवश्यक कागजात संकलन गरी किसानहरूलाई चेक मार्फत रकम उपलब्ध गराइने गरि सहमति भएको उनले बताए।

सहमतिमा मापदण्ड नपुगेका बिरुवाहरूको हकमा किसानले तिरेको बिमा शुल्क प्रिमियम फिर्ता गरिने निर्णय समेत भएको र सहमतिसँगै किसानहरूले शिखर इन्स्योरेन्सको जुम्ला कार्यालयमा लगाएको तालाबन्दी आइतबारदेखि खोल्ने समेत सहमति भएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार