जुम्ला खलंगामा अवस्थित होटल पौवाले आफ्ना ग्राहकलाई एक महिनासम्म सित्तैमा खफि खुवान लागेको छ।
होटल पौवाको वार्षिक क्यालेन्डर अनुसार एक महिना दिनसम्मको कुपन बाँडेर आफ्ना ग्राहकलाई नि:शुल्क कफी खुवाउन लागेको शाख प्रबन्धक थानेश्वर भण्डारीले बताए।
पछिल्लो समय कर्णाली क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण दिनानुदिन बढ्दै गएको छ।
राराताल, चन्दननाथ मन्दिर, सिंजा सभ्यता क्षेत्र, पातारासी हिमशृङ्खला लगायतका रमणीय स्थलका कारण जुम्ला पर्यटकका लागि महत्वपूर्ण गन्तव्य बन्दै गएको हो।
यही पर्यटकीय सम्भावनालाई लक्षित गर्दै जुम्लामा सञ्चालित होटेल पौवा जुम्लाले गुणस्तरीय सेवा सुविधा समेत दिदै आएको छ।
शाखा म्यानेजर भण्डारीका अनुसार हिमाली जिल्लामा आउने पर्यटकलाई सुरक्षित, स्वच्छ र आरामदायी बसोबासको व्यवस्था गर्नु होटलको प्रमुख उद्देश्य भएको शाखा प्रबन्धक थानेश्वर भण्डारीले बताए।
‘जुम्ला घुम्न आउने सम्पूर्ण पाहुनालाई आत्मीय आतिथ्यसहित सेवा दिन हामी प्रतिबद्ध छौँ,’ उनले भने।
उनले होटल पौवामा सुविधासम्पन्न कोठा, स्वच्छ खानपान, स्थानीय परिकारको स्वाद र मैत्रीपूर्ण वातावरण उपलब्ध भएको दाबी गरे।
‘राराताल तथा जुम्लाका विभिन्न पर्यटकीय स्थल अवलोकनका लागि आउने पाहुनाले होटल पौवामा बसेर सहज र सन्तोषजनक अनुभव लिन सक्नेछन्।’ उनले थपे।
उनले जुम्ला भ्रमणमा आउने सम्पूर्ण पर्यटकलाई होटल पौवालाई सम्झन आग्रह गर्दै कर्णालीको सुन्दरतालाई अनुभूति गर्न निमन्त्रणा समेत दिएका छन्।














