शुक्रबार, २१ कार्तिक, २०८२

सिँजा गाउँपालिकामा तालाबन्दी

जुम्लाको सिँजा गाउँपालिका–३ नराकोटस्थित गाउँपालिका कार्यालयमा आज बिहान नेपाली कांग्रेसका स्थानीय नेताहरूले ताला बन्दी गरेका छन्।

मंगलबार बिहान करिब ९:५० बजे काँग्रेस सिँजा गाउँपालिकाका सभापति गोबिन्द शर्माको नेतृत्वमा कार्यालयमा तालाबन्दी गरिएको हो।

काँग्रेस नेताहरूले गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट बिनियोजन मनोमानि ढंगले, कुनै योजना र सरोकारवाला निकायसँग छलफल नगरी, नेकपा (माओवादी केन्द्र) का नेताको बैठक बसेर “हचुवाको भरमा” गर्ने प्रयास गरेको भन्दै विरोध गरेका छन्।

“गाउँपालिकाले कानूनी प्रक्रिया र जनप्रतिनिधिहरूको सहभागिता विना बजेट बिनियोजन गरेर मनोमानी गर्दै आएको छ। यसलाई हामी स्वीकार्दैनौँ,” काँग्रेस सभापति शर्माले भने।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार