शुक्रबार, २९ फाल्गुन, २०८२

तरुण दल जुम्लाको नेतृत्वका लागि छ जना चुनावी मैदानमा

निर्वाचनबाट तरुण दलको जुम्ला जिल्ला नेतृत्व कसले सम्हाल्ने भन्ने प्रश्नले पार्टीभित्र मात्रै होइन, समग्र काँग्रेसको युवा अभियानमै कौतूहल जगाएको छ।

नेपाल तरुण दल जुम्लाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने पक्का भएपछि जिल्लाको युवा राजनीतिमा चासो थपिएको छ। तरुण दल जिल्ला अधिवेशनको क्रममा अध्यक्ष पदका लागि छ जनाले उम्मेदवारी दिएका छन्।

निर्वाचन समितिका संयोजक भक्त बुढाका अनुसार अध्यक्ष पदमा समान संख्या अर्थात् सिंजा र खलंगा क्षेत्रबाट तीन–तीन जना उम्मेदवारको प्रतिस्पर्धा रहनेछ।

सिंजा क्षेत्रबाट संञ्जिव रावल, रतन शाही र भरत शाहीको उम्मेदवारी परेको छ।

संञ्जिव रावल विद्यार्थी राजनीति हुँदै राष्ट्रिय राजनीतिमा उदाउँदै गरेका युवा नेताका रूपमा चिनिन्छन्। काठमाडौंस्थित शंकरदेव क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) को इकाई सदस्य रहेका उनी पछि केन्द्रीय सदस्य समेत बनेका थिए।

राजनीतिक परिपक्वता र संगठनप्रतिको निष्ठाका कारण उनी नेपाल तरुण दलभित्र क्रियाशील छन्।

यसैगरी रतन शाही हिमा गाउँपालिका–१ का वर्तमान वडा अध्यक्ष हुन्। लामो समयदेखि काँग्रेसको राजनीतिमा सक्रिय उनी विद्यार्थी जीवनदेखि नै संगठित ढंगमा पार्टी कर्ममा संलग्न छन्।

अनुभव र संगठन निर्माणमा सशक्त छवि बनाएका शाही परिपक्व राजनीतिज्ञका रूपमा लिइन्छन्।

त्यसैगरी हिमा गाउँपालिकाका भरत शाही पनि विद्यार्थी राजनीतिबाट हुर्किएर हाल तरुण दलमा सक्रिय छन्। युवामाझ लोकप्रिय शाही पार्टीको नीति र विचारप्रति समर्पित नेताको रूपमा चिनिन्छन्।

उता खलंगा क्षेत्रबाट चन्दननाथ नगरपालिका–२ का वडा अध्यक्ष हेम बुढथापा अध्यक्ष पदमा प्रतिस्पर्धामा उत्रिएका छन्।

कम्युनिस्ट पार्टीको बलियो आधार मानिने सो क्षेत्रमा काँग्रेसको झण्डा गाड्दै उनी विजयी भएका थिए। विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उक्लिएका बुढथापा राजनीतिक दृढतासहित नेतृत्वमा आएका उम्मेदवार हुन्।

त्यस्तै, चन्दनाथ नगरपालिका–५ का राजेन्द्र श्रेष्ठ पनि विद्यार्थी राजनीतिबाटै उदाएका उम्मेदवार हुन्। पार्टीभित्र निरन्तर सक्रियता जनाउँदै आएका श्रेष्ठले यसपटक युवाको नेतृत्व गर्न प्रतिस्पर्धा गरेका हुन्।

तातोपानी गाउँपालिकाका विरेन्द्र शाही सामाजिक कार्यमा समेत सक्रिय छन्। युवामाझ लोकप्रिय उनी युवाको आवाज र अधिकारको पक्षमा लामो समयदेखि जुटिरहेका छन्।

छ जनाको उम्मेदवारीसँगै जिल्ला तरुण दलको नेतृत्व चयनप्रति चासो बढेको छ। उम्मेदवारहरू आ–आफ्नो पक्षमा माहोल बनाउन सक्रिय छन् भने युवा कार्यकर्ताबीच लोकतान्त्रिक प्रतिस्पर्धाले नयाँ उत्साह थपेको छ।

निर्वाचनबाट तरुण दलको जुम्ला जिल्ला नेतृत्व कसले सम्हाल्ने भन्ने प्रश्नले पार्टीभित्र मात्रै होइन, समग्र काँग्रेसको युवा अभियानमै कौतूहल जगाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार