सोमबार, २ असार, २०८२

चन्दननाथमा गठित माओवादी केन्द्रको नयाँ कमिटले भ्रष्टाचार र विकृतिविरुद्ध काम गर्ने

चन्दननाथ नगरपालिकालाई समृद्ध र नमुना बनाउने कमिटीको लक्ष्य छ। नगरवासीको साथ र सहयोगले यो सम्भव हुने अध्यक्ष महतको विश्वास छ।

जुम्लाको चन्दननाथ नगरपालिकामा नेकपा माओवादी केन्द्रको नवनिर्वाचित नगर कमिटीले पत्रकार सम्मेलनमार्फत आफ्ना प्रतिबद्धता सार्वजनिक गरेको छ। नयाँ नेतृत्वले नगरवासीका समस्या समाधानमा दृढ सङ्कल्प व्यक्त गरेको छ।

कमिटीका अध्यक्ष सुरेन्द्र बहादुर महतको नेतृत्वमा गठित टोलीले भ्रष्टाचार, विभेद र कमजोर सेवाविरुद्ध कडा कदम चाल्ने घोषणा गरेको छ। उनले नगरवासीको हितमा आवाज बुलन्द गर्ने प्रतिबद्धता जनाए।

चन्दननाथमा २१ हजार नगरवासी बसोबास गर्छन्। कमिटीले विशेषगरी उत्पीडित र विपन्न समुदायको उत्थानमा जोड दिने बताएको छ। सामाजिक न्याय र समानताका लागि काम गर्ने योजना छ।

उनका अनुसार नयाँ समितिले नगरका ४८ सरकारी कार्यालयमा निगरानी बढाइने भएको छ। भ्रष्टाचार रोक्न कडा कदम चाल्ने र पारदर्शिता कायम गर्न भूमिका खेल्नेछ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुधारमा पनि कमिटीले जोड दिएको छ। सेवाको गुणस्तर र विस्तारका लागि सरकारलाई खबरदारी गरिने भएको छ।

लागूऔषध दुरुपयोग नगरको ठूलो समस्या बनेको छ। यसलाई रोक्न प्रहरीसँग सहकार्य गरी विशेष कार्यक्रम सञ्चालन गरिने महतले बताए।

नगर कमिटीका सचिव कृष्ण सुनारले युवा केन्द्रित कार्यक्रम ल्याउने योजना सुनाए। युवाहरूको समस्यालाई प्राथमिकतामा राखेर काम गरिने उनको भनाइ छ।

उनले भने, “नगरमा देखिएका विकृति र विसङ्गतिविरुद्ध निरन्तर आवाज उठाइनेछ। कमिटीले सधैं जनताको पक्षमा उभिनेछौं।”

आगामी स्थानीय निर्वाचनमा माओवादी केन्द्रको झण्डा वडादेखि नगरसम्म फहराउने दाबी कमिटीले गरेको छ। जनताको विश्वास जित्ने रणनीति बनाइएको छ।

चन्दननाथ नगरपालिकालाई समृद्ध र नमुना बनाउने कमिटीको लक्ष्य छ। नगरवासीको साथ र सहयोगले यो सम्भव हुने अध्यक्ष महतको विश्वास छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार