सोमबार, ८ पुष, २०८१

दैलेखको महाबुमा नेकपा एमालेका जंगबहादुर शाही विजयी: जोगिएन कांग्रेसको साख

शाही ३ हजार १२७ मतसहित विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार झलकबहादुर भण्डारीले २ हजार ६७५ मत प्राप्त गरे।

दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन्।

शाही ३ हजार १२७ मतसहित विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार झलकबहादुर भण्डारीले २ हजार ६७५ मत प्राप्त गरे।

नेकपा माओवादीका उम्मेदवार जंगबहादुर बरालले ८४२ मत ल्याएका छन्।

रास्वपाका उम्मेदवार प्रकाशकुमार बुढाले ११२, नेमकिपाका दुर्गबहादुर मगरले ५३, राप्रपाका सुर्जे रावतले ४७ मत पाए

नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार जगतबहादुर हमालले ४ मत पाएका छन्।

यसअघि २०७९ को निर्वाचनमा महाबु गाउँपालिका काँग्रेसले जितेको थियो। त्यसबेला काँग्रेसका लछुमन गुरुङ २ हजार ९७९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए।

उक्त निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका हरिप्रसाद उपाध्यायले २ हजार ५१९ मत ल्याएका थिए।

अहिले निर्वाचित जंगबहादुर शाही २०७९ मा समाजवादीबाट उम्मेदवार थिए। त्यसबेला उनले २ हजार २६८ मत ल्याएका थिए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार