मंगलवार, २६ फाल्गुन, २०८२

परिवर्तनको हावा देशका विभिन्न ठाउँमा रास्वपा र जुम्लामा ज्ञानेन्द्र शाहीको ऐतिहासिक जित

कर्णाली र जुम्लाको आवाजलाई राष्ट्रिय स्तरमा मजबुत रूपमा उठाउँदै नयाँ राजनीतिक इतिहास रच्न सफल हुनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। जुम्ली बासीहरु मात्रै नभइ पुरै कर्णाली प्रदेशले तपाईंको भरोसा गरेको छ ।

नेपालको राजनीतिमा पछिल्ला वर्षहरूमा नयाँ बहस, नयाँ सोच र परिवर्तनको चाहना स्पष्ट रूपमा देखिन थालेको छ। लामो समयसम्म उही राजनीतिक संरचना र पुराना दलहरूको वरिपरि घुमिरहेको सत्ता अब विस्तारै परिवर्तनको मोडमा पुगेको अनुभूति जनताले गर्न थालेका छन्।

देशभर बढ्दो असन्तुष्टि, सुशासनको खोजी र नयाँ नेतृत्वप्रतिको अपेक्षाले वैकल्पिक शक्तिलाई बलियो बनाउँदै लगेको छ। यही परिवेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशभरि जनताको ध्यानको केन्द्र बन्न पुगेको छ। पछिल्ला निर्वाचनहरूले पनि संकेत दिएका छन कि नेपाली जनता अब परम्परागत राजनीतिक ढाँचाभन्दा बाहिर नयाँ विकल्प खोजिरहेका छन। पारदर्शिता, जवाफदेहिता र नयाँ राजनीतिक संस्कारको नारासहित अघि बढेको रास्वपाले विशेषगरी युवापुस्ता, बौद्धिक वर्ग र परिवर्तन चाहने नागरिकहरूलाई आकर्षित गरेको देखिन्छ।

यदि आगामी निर्वाचनमा रास्वपाले देशभर उल्लेखनीय सफलता प्राप्त गर्छ भने त्यो केवल एउटा दलको जित मात्र हुनेछैन। त्यो नेपाली जनताले पुरानो राजनीतिक शैलीलाई दिएको चुनौती हदिएको छ। जनताको जनमतले यतिबेला स्पष्ट सन्देश दिएको छ। राजनीति अब जनताको जीवनसँग जोडिनुपर्छ, केवल सत्ता र पदको खेल बन्नु हुँदैन ।
यही परिवर्तनको बहससँग जोडिएको अर्को महत्वपूर्ण केन्द्र बनेको छ,कर्णालीको पहाडी जिल्ला जुम्ला। ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाले समृद्ध भए पनि जुम्ला विकासका धेरै सूचकांकमा अझै पछाडि परेको क्षेत्र हो।

सडक, स्वास्थ्य, शिक्षा, रोजगारी र आधारभूत पूर्वाधारका समस्या यहाँका नागरिकले लामो समयदेखि भोग्दै आएका छन। यही कारणले गर्दा यहाँका जनताको मनमा पनि नयाँ राजनीतिक नेतृत्वप्रतिको अपेक्षा बलियो हुँदै गएको देखियो।
लोकतन्त्रको वास्तविक शक्ति जनताको मतमा निहित हुन्छ। जब जनता परिवर्तनको पक्षमा उभिन्छन्, तब इतिहास आफैं नयाँ दिशामा मोडिन्छ। देशभर देखिएको परिवर्तनको लहरले नेपाली राजनीति नयाँ चरणतर्फ अघि बढिरहेको संकेत दिएको छ।

यस ऐतिहासिक क्षणमा जुम्लाबाट प्रतिनिधि सभामा नवनिर्वाचित तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सभाका उम्मेदवार तथा राप्रपाका प्रवक्ता माननीय ज्ञानेन्द्र शाहीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।यस निर्वाचनमा देशभर राप्रकाका तर्फबाट प्रतिनिधि सभामा एक सिट मात्र जित्न सफल हुनु, र त्यो ऐतिहासिक जित जुम्लाबाट हासिल हुनु जुम्लावासीका लागि गर्वको विषय बनेको छ।
जुम्लाका नागरिकहरूले तपाईंमाथि राखेको विश्वासलाई विकास, सुशासन र जनसेवामार्फत प्रमाणित गर्नुहुनेछ भन्ने दृढ अपेक्षा छ। कर्णाली र जुम्लाको आवाजलाई राष्ट्रिय स्तरमा मजबुत रूपमा उठाउँदै नयाँ राजनीतिक इतिहास रच्न सफल हुनुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। जुम्ली बासीहरु मात्रै नभइ पुरै कर्णाली प्रदेशले तपाईंको भरोसा गरेको छ ।

आशा छ अब जुम्लालाई राष्ट्रिय राजनीतिक नक्सामा पनि नयाँ ढंगले स्थापित गर्नुहुने छ। कृषि, जडीबुटी, स्याउ उत्पादन, पर्यटन र स्थानीय उद्योगका क्षेत्रमा जुम्लामा अपार सम्भावना छन। दूरदृष्टि भएको नेतृत्वले यी सम्भावनालाई नीतिगत प्राथमिकतामा राख्न सके जुम्लाको विकासले कर्णालीकै समृद्धिमा महत्वपूर्ण योगदान दिन सक्छ। तर इतिहास रचना केवल चुनाव जितेर मात्र पूरा हुँदैन। वास्तविक इतिहास तब लेखिन्छ जब नेतृत्वले जनताको विश्वासलाई विकास, सुशासन र न्यायपूर्ण शासनमार्फत प्रमाणित गर्छ।

यदि नयाँ राजनीतिक शक्तिहरूले आफ्नो प्रतिबद्धतालाई व्यवहारमा उतार्न सके भने नेपाली राजनीतिमा दीर्घकालीन सकारात्मक परिवर्तन सम्भव हुनेछ इतिहास रचे भने त्यो केवल एउटा राजनीतिक घटना मात्र हुनेछैन। त्यो परिवर्तनको चाहना राख्ने नेपाली जनताको सामूहिक आवाज हुनेछ। तपाईंको नेतृत्वले जुम्लाको विकास, कर्णालीको समृद्धि र देशमा सुशासनको मार्गलाई अझ बलियो बनाउनेछ।

धन्यवाद

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार