नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा नजाने भएका छन्।
देउवाका स्वकीय सचिव भानु देउवाले विशेष महाधिवेशनमा सभापति नजाने बताएका हुन्।
सामाजिक सञ्जालमा सभापति भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह भएकाे भन्दै उनले भने, ‘उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौं।’














