चन्दननाथ नगरपालिका तीनले गरेको फुटबल प्रतियोगितामा भोलि क्वाटर फाइनलका चार खेल हुने भएका छन् ।
भोलि हुने पहिलो क्वाटर फाइनल खेलमा फोइकालिका (एफसी) र बिहानी युवा क्लबबीच बिहानको आठ बजेबाट सुरु हुनेछ भने दोस्रो खेल चन्दननाथ ३ (ए) र लेकाली युवा क्लब (ए)बीच बिहानको १० बजेबाट सुरु हुने भएको छ।
त्यस्तै भोलि हुने तेस्रो खेल जनसेवा युवा क्लब (बी) र एन डब्ली (डिसी)बीच दिउँसोको १ बजे सुरु हुने र भोलिको लागि अन्तिम खेल घोगेसिम युवा क्लब र मिलन युवा क्लबबीच दिउँसोको ३ बजेबाट सुरु हुने फुटबल आयोजना मूल समितिका संयोजक राजबहादुर खत्रीले कुटीरो डटकमलाई जानकारी दिए।















