शुक्रबार, २१ कार्तिक, २०८२

फुटबल प्रतियोगिताको दोस्रो दिन चार खेल सम्पन्न: भोलि पनि चार खेल हुने

चन्दननाथ नगरपालिका तीनले गरेको फुटबल प्रतियोगिताको दोस्रो दिन चार खेल सम्पन्न भएका छन् ।

पहिलो खेलमा चन्दननाथ नगरपालिका ३ बी टिम र भगवती युवा क्लब बीच प्रतिस्पर्धा भएको थियो सो खेलमा चन्दननाथ नगरपालिका ३ बी टिमले जित हासिल गरेको हो। त्यस्तै दोस्रो खेलमा चन्दननाथ नगरपालिकाको टिम र जनसेवा युवा क्लब ए प्रतिस्पर्धा हुँदा जनसेवा युवा क्लबले ०-३ गोल हानेर दोस्रो खेलमा जित हासिल गरेको थियो।

त्यस्तै अर्को तेस्रो खेलमा जनप्रेमी युवा क्लब र आर ब्रोदर युवा क्लब बीच खेल हुँदा दुबैले १-१ गोल गर्न सफल भएका थिए पछि पेनाल्टी मार्फत जित निर्णय भने ५-२ को अन्तरमा उक्त खेल सम्पन्न भएको थियो। आज भएको अन्तिम खेल अर्थात् चौथो खेलमा समाज युवा क्लब गर्ज्याङ्कोट र रोयल कोटिला युवा क्लब बीच खेल भएको थियो। सो खेलमा समाज युवा क्लब गर्ज्याङ्कोटले ०-२ गोल हानेर जितेको हो।

त्यस्तै भोलि हुने खेलको तालिका भने सुनार युवा क्लब टिम र सम्भुनाथ युवा क्लब बीचको खेल भोलि बिहान आठ बजेबाट सुरु हुनेछ। त्यसपछीको सप्तशीला युवा क्लब र मिलन युवा क्लबबीच १० बजे खेल हुनेछ।

त्यस्तै भोलि हुने अर्को खेलमा जनप्रेमी युवा क्लब र भुरिचुला युवा क्लब (ए) को खेल हुनेछ त्यसपछि भोलिको लागि अन्तिम खेल सडक डिभिजन जुम्लाको टीम र फोइकालिका युवा क्लब (बी) दिउँसो तीन बजे हुने फुटबल आयोजनाका मूल समितिका संयोजक राजबहादुर खत्रीले कुटीरो डटकमलाई जानकारी दिए

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार