बुधबार, ३२ असार, २०८२

त्रिभुवन विश्वविद्यालयको ६६ औं स्थापना दिवस जुम्ला बहुमुखी क्याम्पसमा भव्यताका साथ सम्पन्न

स्थापना दिवसको अवसरमा क्याम्पसले विविध खेलकुद प्रतियोगिता आयोजना गरेको थियो। साथै, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) द्वारा आयोजित शुक्रवारे कार्यक्रमका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ।



त्रिभुवन विश्वविद्यालयको ६६ औं स्थापना दिवस आज जुम्ला बहुमुखी क्याम्पसले भव्यताका साथ मनाएको छ। क्याम्पस हलमा आयोजित विशेष कार्यक्रममा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


स्थापना दिवसको अवसरमा क्याम्पसले विविध खेलकुद प्रतियोगिता आयोजना गरेको थियो। साथै, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) द्वारा आयोजित शुक्रवारे कार्यक्रमका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ।


कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्रीले जुम्ला बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस भएको नाताले यो सम्पूर्ण जुम्लाका लागि गौरवको विषय भएको उल्लेख गरे। उनले क्याम्पसले राज्यका विभिन्न उच्च तहमा पुग्ने दक्ष जनशक्ति उत्पादन गर्दै आएको बताउँदै, क्याम्पसको विकासका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।


राजनीतिक दलका प्रतिनिधिहरुले पनि क्याम्पसको शैक्षिक उन्नयन र पूर्वाधार विकासका लागि साझा पहल आवश्यक रहेको धारणा व्यक्त गरे।

oplus_2


स्ववियु सभापति लोकेन्द्र बुढाले भने “क्याम्पसको पछिल्लो गतिविधिप्रति असन्तुष्टि जनाउँदै, विद्यार्थी संगठनलाई जानकारी नदिई क्याम्पसले निर्णयहरू गर्नु उपयुक्त नभएको चेतावनी दिए। उनले विद्यार्थी सहभागिता र समन्वय बिना क्याम्पसले सफलताको यात्रा तय गर्न नसक्ने” बताए।


क्याम्पसका शिक्षक महेश नेपालीले “त्रिभुवन विश्वविद्यालयको स्थापना र विश्वमा भएको विश्वविद्यालयले विकासक्रम र अवधारणाबारे ऐतिहासिक पृष्ठभूमि प्रस्तुत गर्दै, यो त्रिभुवन विश्वविद्यालय नेपालका लागि एउटा अमूल्य शैक्षिक सम्पदा भएको” बताए।


कार्यक्रम विविध सांस्कृतिक तथा शैक्षिक गतिविधिसहित उत्साहपूर्वक सम्पन्न भएको थियो।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार