सावित्रा भण्डारी साम्बाले कप्ताद्दी डेब्युमा ह्याट्रिक गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोटको समूह एफमा लाओसमाथि ९-० को फराकिलो जित हात पारेको छ।
उज्वेकिस्तानको तास्केन्तमा आइतबार भएको समूहको आफ्नो पहिलो खेलमा नेपालले सानदार जितसहित ३ अंक जोडेको छ।
यसै खेलबाट नेपाली महिला टोलीले आफ्नो एक सयौं अन्तर्राष्ट्रिय खेल पनि पूरा गरेको छ।
नेपालको फराकिलो जितमा यसै खेलबाट कप्तानी डेब्यु गरेकी सावित्राले ४ गोल गरिन्। यस्तै अनिता बस्नेत, सरु लिम्बु, अनिता केसी, रश्मी कुमारी घिसिङले १-१ गोल गरे।
एक गोल नेपालले उपहार पाएको थियो ।