एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा नेपालले ५–० को अग्रता लिएको छ। नेपालका लागि रश्मि कुमारी घिसिङले गोल गर्दै ५–० को अग्रता दिलाएकी हुन्।
यसअघि नेपालका लागि कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले दुई तथा अनिता बस्नेत र सरु लिम्बूले एक एक गोल गरेका थिए। पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा लगातार तीन गोल गरेको हो।
खेलको ११ औँ मिनेटमा अनिताको गोलमार्फत नेपालले सुरुवाती अग्रता लिएको थियो। आजको खेलमार्फत नेपाली महिला टोलीले १०० औं अन्तराष्ट्रिय खेल पूरा गरेको छ।
साथै आजको खेलमा नै सावित्राले पहिले पटक नेपाली टिमको कप्तानी सम्हालेकी छिन्। उनी नेपालको फुटबल इतिहासकी ११ औँ कप्तान बनिन्।