आईतवार, ८ भाद्र, २०८२

पहिलो हाफमा लाओसविरुद्ध नेपाललाई २–० को अग्रता

एएफसी एसियन कप छनोटको आफ्नो पहिलो खेलमा नेपाली महिला टिमले लाओसविरुद्ध पहिलो हाफमा २–० को अग्रता बनाएको छ।

आइतबार उज्वेकिस्तानको तास्केन्तमा जारी खेलमा नेपालबाट अनिता बस्नेत र कप्तान सावित्रा भण्डारीले गोल गरे।

१२औँ मिनेटमा अनिताले गोल गर्दै नेपाललाई अग्रतामा राखेकी थिइन्। यस्तै, पहिलो हाफको अन्त्यतिर कप्तान सावित्राले नेपालको अग्रता दोब्बर बनाइन्। अनिताको क्रसलाई सावित्राले हेडमार्फत जाली चुमाइन्।

आजको खेलमा नेपाली टिमका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले कप्तानी जिम्मेवारी सावित्रालाई सुम्पिएका छन्। योसँगै सावित्रा नेपाली महिला टिमको इतिहासमा कप्तानी सम्हाल्ने ११औँ खेलाडी बनेकी छन्।

लाओसविरुद्ध खेल्ने नेपालको सुरुआती–११ मा यसअघि नियमित कप्तान रहेकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले स्थान बनाउन सकिनन्। उनको स्थानमा अञ्जना पहिलो रोजाइमा उत्रिएकी छन्।

छनोटमा नेपाली टिम समूह ‘एफ’ मा छ। यस समूहमा नेपालसँगै लाओस, श्रीलंका र उज्वेकिस्तान छन्। नेपालले छनोटको पहिलो खेलमा जुन २९ मा लाओससँग खेल्नेछ।

यस्तै, जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा उज्वेकिस्तानसँग खेल्नेछ । यस समूहका सबै खेल उज्वेकिस्तानमा हुने तालिका छ ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार