बिहीबार, २१ फाल्गुन, २०८२

जुम्लामा संचालन भयो ‘स्केट पार्क’

करिब २० लाख रुपैयाँको लगानीमा सञ्चालित स्केट पार्कले मनोरञ्जन मात्र नभई रोजगार सिर्जना र कुलतबाट टाढा राख्ने उद्देश्यसमेत राखेको छ।

चन्दननाथ नगरपालिका–२ कालेखोलीमा जिल्लाकै पहिलो स्केट पार्क सञ्चालनमा आएको छ। २५ वर्षीय विराज भण्डारीले “युनिक स्केट” नामक स्केट पार्क स्थापना गरी स्केटिङ सुरु गरेका हुन्।

उनको यो प्रयासले काम नपाएर भौंतारिरहेका युवाहरूलाई स्केटिङतर्फ आकर्षित गरेको छ।

भण्डारीले भने, “हालका समयमा धेरै युवा कुलतमा फसिरहेका छन्। उनीहरूलाई सकारात्मक कार्यमा उत्प्रेरित गर्न स्केटिङ खेलमार्फत एउटा अवसर प्रदान गर्ने लक्ष्य राखेका छौं।”

करिब २० लाख रुपैयाँको लगानीमा सञ्चालित स्केट पार्कले मनोरञ्जन मात्र नभई रोजगार सिर्जना र कुलतबाट टाढा राख्ने उद्देश्यसमेत राखेको छ।

बालबालिका र युवा पुस्ताको उल्लेख्य उपस्थिति रहने अनुमान गरिएको छ। जसका लागि प्रतिव्यक्ति एक सयदेखि एक सय पचास रुपैयाँसम्मको टिकट दर निर्धारण गरिएको भण्डारीको भनाइ छ।

स्केटिङका लागि ५ देखि १० हजार रुपैयाँसम्म मूल्य पर्ने ३५ जोर जुत्ता व्यवस्थापन गरिएको छ, जहाँ एकैचोटि १५ जनासम्म स्केटिङ गर्न सक्छन्।

बिहान ८ देखि बेलुकी ६ बजेसम्म सञ्चालनमा रहेको यो स्केट पार्कमा हाल दैनिक १५० भन्दा बढी बालबालिका र युवा स्केटिङको अनुभव लिइरहेका छन्।

चन्दननाथ-७ का बरदान महतले स्केटिङ खेलको अनुभव बटुल्दै दसैंतिहारको बिदामा दिमागलाई एकीकृत गर्न मद्दत पुगेको बताए।

यहाँ धेरैजसो अभिभावक पनि आफ्ना बालबालिकासहित आइरहेका छन्, जसले स्थानीय स्तरमै नयाँ प्रकारको मनोरञ्जनको वातावरण सिर्जना गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार

गजल

गजल