जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका–७ मिचा गाउँमा सरस्वती युवा क्लब औपचारिक रूपमा दर्ता भएको छ। स्थानीय युवाहरूको सक्रियतामा क्लब गठन गरिएको हो।
क्लब जुम्ला खेलकुद विकास कार्यालयमा आधिकारिक रूपमा दर्ता भएको क्लबका सचिव प्रकाश रावलले जानकारी दिए। क्लबको अध्यक्षमा भिमराज रावल चयन भएका छन्।
सचिवमा प्रकाश रावल छन्। कोषाध्यक्षमा मातृका प्रसाद खत्री रहेका छन्। सह सचिवमा तेज बहादुर रावल रहेको सचिव रावलले बताए।
उनका अनुसार सदस्यहरूमा टेकेन्द्र नेपाली, चन्द्र रावल, हेमराज रावल, हेमराज बम, प्रभाव खत्री, हरिचन्द्र रावल, लोकेन्द्र कठायत, जयराज रावल र सरस्वती महत खत्री छन्। क्लबकी महिला सदस्यका रूपमा सरस्वती महत खत्री रहेकि छन्।
क्लबका प्रमुख सल्लाहकारमा लक्ष्मी खत्री, अमृतकुमार रावल, महेश रावल, पूर्ण नेपाली, विजय कुवर, रामबहादुर रावल र तीर्थ नेपाली रहेका छन्।
अध्यक्ष भिमराज रावलका अनुसार क्लबले गाउँको विकास निर्माणमा सक्रिय भूमिका खेल्नेछ। भ्रष्टाचारविरुद्ध आवाज उठाउनेछ। सामाजिक रूपान्तरणमा काम गर्नेछ।
‘दर्तासँगै क्लबले काम सुरु गरिसकेको छ। कर्णाली प्राविधिक शिक्षालयसँग समन्वय गरी गाउँका २० जना स्थानीयलाई तालिम दिइएको छ। रावला–ज्युला सिँचाइ पानी अवरुद्ध हुँदा क्लबको पहलमा पानी ल्याइएको छ,’ उनले भने।
क्लबले मिचा गाउँमा ‘एक घर, एक खानेपानी’ अभियानमा पनि योगदान गरिएको छ। अब सार्वजनिक सम्पत्ति अतिक्रमण रोक्ने काम प्राथमिकतामा रहेको क्लबले जनाएको छ।














