बुधबार, १८ असार, २०८२

कलंकीको निर्जरा ब्युटी सलोनमा गैरकानुनी दन्त सेवा, स्वास्थ्य जोखिमको खतरा

कलंकी–रविभवन क्षेत्रमा सञ्चालित निर्जरा ब्युटी सलोनले गैरकानुनी रूपमा दन्तसम्बन्धी सेवा प्रदान गरिरहेको पाइएको छ।

टिकटकमा भाइरल भिडियोहरूमा सलोनले चाँदीजस्ता धातु प्रयोग गरी दाँतमा सजावट गर्ने र अन्य दन्तसम्बन्धी कार्य गरेको देखिएको नेपाल डेन्टल एसोसिएसनका केन्द्रीय महासचिव डा. प्रदिप भण्डारीले बताए।

यस्ता कार्य नेपालको प्रचलित कानुनअनुसार नेपाल मेडिकल काउन्सिलबाट प्रमाणित दन्त चिकित्सकले मात्र गर्न पाउँछने नेपाल डेन्टल एसोसिएसनका केन्द्रीय सदस्य भुमेश काफ्लेले बताए।

उनका अनुसार गैरप्रमाणित व्यक्तिबाट यस्ता सेवा प्रदान गर्दा गम्भीर स्वास्थ्य जोखिम निम्तिन सक्ने दन्त चिकित्सकहरूले चेतावनी दिएका छन्।

अनैतिक र गैरव्यावसायिक अभ्यासले दाँत र मुखको स्वास्थ्यमा दीर्घकालीन क्षति पुग्ने सम्भावना छ।

स्थानीय प्रशासन र सम्बन्धित निकायले यस्ता गतिविधिमाथि अनुगमन गरी कारबाही गर्नुपर्ने माग स्थानीयवासीले गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार