कर्णालीको जुम्लामा क्षयरोए अन्त्यका लागि र प्रतिजैविक प्रतिरोधको क्षेत्रमा अतुलनीय योगदान दिएकोमा तिला गाउँपालपका द्धारा सम्मान पत्र प्रदान गरिएको देवकोटाको भनाइ छ।
तिला गाउँपालिका, जुम्लाले कर्णाली प्रदेशका युवाहरूको स्वास्थ्य, क्षमता विकास र नेतृत्वमा उल्लेखनीय योगदान पुर्याउने निम्याट नेपाल युथ टु इन्ड टिबी ग्लोबल मुभमेन्ट २४-२४ युथ टु इन्ड टिबी अभियान तथा प्रतिजैवीक प्रतिरोध विरुद्ध युवा अभियानका संस्थापक मधुसुदन काफ्लेलाई “कर्णाली युवा गौरव सम्मान पत्र” प्रदान गरेको छ। यो सम्मान तिला गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको एक विशेष समारोहमा प्रदान गरिएको हो।
काफ्लेले कर्णालीका युवाहरूका लागि क्षयरोग र प्रतिजैवीक प्रतिरोध (एएमआर) को क्षेत्रमा गरेको अतुलनीय योगदान, युवा क्षमता विकासमा पुर्याएको प्रभावकारी भूमिका र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा कर्णालीका युवाहरूको बलियो प्रतिनिधित्वको उच्च मूल्याङ्कन गर्दै यो सम्मान प्रदान गरिएको स्वास्थ्य शाखाले जनाएको छ।
सम्मान पत्रमा उल्लेख गरिएअनुसार, काफ्लेको अगाध समर्पण र नेतृत्वमा सञ्चालित अभियानहरूले कर्णालीका युवाहरूमा स्वास्थ्य सचेतना बढाउनुका साथै उनीहरूलाई नेतृत्व र सामाजिक परिवर्तनका लागि सक्षम बनाएको छ।
सम्मान प्रदान गर्ने समारोहमा तिला गाउँपालिकाका क्षयरोग तथा कुष्टरोग फोकल पर्सन उत्तम देवकोटाले काफ्लेको कार्यको प्रशंसा गर्दै भने, “मधुसुदन काफ्लेज्यूले कर्णालीका युवाहरूलाई क्षयरोग र प्रतिजैवीक प्रतिरोधजस्ता जटिल स्वास्थ्य समस्याहरूविरुद्ध लड्न प्रेरित गर्नुभएको छ। उहाँको अभियानले यहाँका युवाहरूलाई आफ्नो समुदायको स्वास्थ्य जिम्मेवारी लिन र सचेतना फैलाउन ठूलो मद्दत गरेको छ। कर्णालीको प्रतिनिधित्व विश्वमाझ पुर्याउने उहाँको प्रयास साँच्चै नै प्रशंसनीय छ।”
काफ्लेले सञ्चालन गरेका युथ टु इन्ड टिबी र प्रतिजैवीक प्रतिरोध विरुद्धका अभियानहरूले कर्णालीका युवाहरूलाई स्वास्थ्य शिक्षाको महत्त्व बुझाउनुका साथै स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गरेको छ। यस्तै, युवा क्षमता विकासका लागि उनले गरेका कार्यहरूले कर्णालीका युवाहरूलाई नेतृत्वको अवसर प्रदान गर्दै देशको विकासमा सक्रिय सहभागी बनाउने आधार तयार पारेको छ।
सम्मान ग्रहण गर्दै काफ्लेले आफ्नो जन्मभूमि कर्णालीप्रति देखाएको प्रेम र यहाँका युवाहरूको उज्ज्वल भविष्यका लागि आफू सधैं समर्पित रहने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “यो सम्मान मेरो मात्र नभई कर्णालीका ती सम्पूर्ण युवाहरूको हो, जसले आफ्नो समुदाय र देशका लागि केही गर्न चाहन्छन्।”
तिला गाउँपालिकाको कार्यपालिका कार्यालय, जुम्लाबाट जारी सम्मान पत्रमा काफ्लेको उज्ज्वल भविष्यको कामना गर्दै उनले कर्णालीका युवाहरूलाई प्रेरणा दिइरहने अपेक्षा गरिएको छ। समारोहमा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कर्णालीको जुम्लामा क्षयरोए अन्त्यका लागि र प्रतिजैविक प्रतिरोधको क्षेत्रमा अतुलनीय योगदान दिएकोमा तिला गाउँपालपका द्धारा सम्मान पत्र प्रदान गरिएको देवकोटाको भनाइ छ।
















