जुम्ला जिल्लाका दुईजना स्त्री तथा प्रसूति विशेषज्ञ, मुगु जिल्लाका एकजना एमडीजीपी र कालिकोट जिल्लाका एकजना मानसिक रोग विशेषज्ञ गरी कुल चार जनाले यो अवसर पाएका हुन्।
डाक्टर फर नेपालको विशेष सहयोगमा कर्णाली प्रदेशका विभिन्न जिल्लाका एमबीबीएस डाक्टरहरुले चिकित्सा क्षेत्रको स्नातकोत्तर तह अध्ययनका निम्ति पूर्ण छात्रवृत्ति पाएका छन्।
जुम्ला जिल्लाका दुईजना स्त्री तथा प्रसूति विशेषज्ञ, मुगु जिल्लाका एकजना एमडीजीपी र कालिकोट जिल्लाका एकजना मानसिक रोग विशेषज्ञ गरी कुल चार जनाले यो अवसर पाएका हुन्।
उनीहरुले अध्ययन पूरा गरेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र यसअन्तर्गतका १३ जिल्लामा सेवा दिने प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले बताए।
उपकुलपति डा. रावलले भने, “यो सहयोगले कर्णालीमा स्वास्थ्य सेवा सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्याउनेछ। यस क्षेत्रमा योग्य चिकित्सकहरुको आवश्यकता खड्की रहेको अवस्थामा डाक्टर फर नेपालले गरेको सहयोग सह्रानीय छ।”
स्वास्थ्य शिक्षामा गरिएको लगानीले आगामी दिनमा कर्णालीबासीलाई गुणस्तरीय सेवा उपलब्ध गराउन सहयोग पुर्याउने प्रतिष्ठानका रेक्टर डा. डबल बहादुर धामीले बताए। उनले भने, “यस अवसरले दक्ष जनशक्ति तयार पार्न मद्दत पुग्नेछ।”
रजिस्ट्रार नृपेन्द्र महतले डाक्टर फर नेपालका फाउण्डर केट य्यारो र उनको टिमलाई धन्यवाद दिँदै भने, “छात्रवृत्तिले कर्णाली प्रदेशका युवाहरुको शैक्षिक तथा पेशागत विकासमा ठूलो सहयोग पुर्याएको छ। भविष्यमा यस्ता अवसरहरु निरन्तर जारी रहेमा स्वास्थ्य सेवा सुधारको लक्ष्य हासिल गर्न सजिलो हुनेछ।”
यो अवसर कर्णालीका लागि मात्रै नभएर सम्पूर्ण नेपालको स्वास्थ्य क्षेत्रमा थप प्रभावकारी परिवर्तन ल्याउने दिशामा ठूलो सहयोग हुने विश्वास गरिएको उपकुलपति रावलले बताए।