जुम्लामा डोरबहादुर बिष्टले स्थापना गरेको विद्यालयका पूर्व विद्यार्थीद्वारा दुई लाख ३० हजारको अक्षयकोष स्थापना

जुम्लाको पातारासीस्थित ऋणमोक्ष माध्यमिक विद्यालयका भूतपूर्व विद्यार्थीले विद्यालयका लागि दुई लाख ३० हजार २९९ बराबरको अक्षयकोष स्थापना गरेका छन्। कोषको ब्याजबाट एसईई र कक्षा १२ मा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति दिइनेछ। जुम्लाको पातारासी गाउँपालिका–४ डिल्लीचौरमा मानवशास्त्री डोर बहादुर विष्टले स्थापना गरेको ऋणमोक्ष माध्यमिक विद्यालयको प्रांगणमा उभिँदा हरि बहादुर बुढालाई आफ्नो विद्यार्थी जीवन सम्झना आउँछ। यही विद्यालयमा […]
उपचारको बहानामा १४ वर्षीया बालिकालाई यातना दिने झाँक्री पक्राउ

उपचार गर्ने बहानामा १४ वर्षीया बालिकालाई यातना दिएको आरोपमा जुम्लामा एक जना झाँक्री पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार गुठीचौर गाउँपालिका–१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकाया (धामी/झाँक्री) पक्राउ परेका हुन्। गत मंसिर ८ गते बिरामी निको पार्ने भन्दै उपचारका नाममा अन्धविश्वास तथा रुढीवादी क्रियाकलाप गरी बालिकालाई यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि […]
दलालीहरूको पर्दाफास हुँदै, घरजग्गा, गाडी, सेयर र सुनचाँदीमा फेरि सर्वसाधारणले लगानी गर्लान् त?

दलाली र व्यापारीहरूको लहैलहैमा लागेर सर्वसाधारणले घरजग्गा, गाडी, सेयर र सुनचाँदीमा करोडौँ लगानी गरे। कृत्रिम रूपमा बढाइएको मूल्य घट्दा व्यक्ति मात्र होइन, बैंक वित्तीय संस्था र मुलुकको अर्थतन्त्रसमेत संकटमा पर्ने जोखिम बढेको छ। हिजो मंसिर ९ गते सुनको मूल्य घटेर तोलाको दुई लाख ४१ हजार ४ सय रुपैयाँमा झर्यो। चाँदी पनि तीन सय ४० रुपैयाँमा […]
तातोपानीको टोप्लामा स्थापित बर्थिङ सेन्टरको उद्घाटन

जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लामा ३६ लाख रुपैयाँको लगानीमा बर्थिङ सेन्टर निर्माण गरी सुत्केरी सेवा सुरु गरिएको छ। विकट भूगोल र कठिन बाटोका कारण प्रसूति सेवाबाट वञ्चित महिलालाई अब गाउँमै सुरक्षित मातृत्व सेवा दिन सकिने तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंको दाबी छ। जुम्लाको तातोपानी गाउँपालिका–७ टोप्लाकी गर्भवती महिलालाई सुत्केरी व्यथा लाग्दा पहिले एउटै चिन्ताले सताउँथ्यो, अब […]


