डा. गोविन्द केसीको आन्दोलनका कारण कर्णालीका विद्यार्थी ४५ प्रतिशत छात्रवृत्तिबाट बञ्चित भए : नरेश भण्डारी

चिकित्सा शिक्षा ऐनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना उद्देश्य कमजोर बनाएको संविधानसभा सदस्य तथा पूर्वमन्त्री नरेश भण्डारीको आरोप छ। उनका अनुसार ऐन कार्यान्वयनपछि कर्णालीका विद्यार्थीले पाउँदै आएको ४५ प्रतिशत विशेष आरक्षणको अवसर गुम्यो, जसले दुर्गममा स्वास्थ्य जनशक्ति उत्पादन प्रभावित बनायो। कर्णालीमा स्वास्थ्य सेवा विस्तार गर्ने र त्यहीँका विद्यार्थीलाई स्वास्थ्य जनशक्तिका रूपमा तयार पार्ने उद्देश्यले स्थापना […]





