अक्षर वार्ता ‘नेपाली गजललाई नेपाली बनाउने कुरा स्थानीय विम्ब, प्रतीक र संस्कृति हो’

जहाँ अक्षर बोल्छन्, भावना पोखिन्छन्। गजल, कविता र मुक्तकसँग गन्थन गर्ने यो साझा चौतारीमा हामी सर्जकका रचनामात्र होइन, ती रचनाभित्र लुकेका अनुभूति, विचार, संघर्ष, सपना र सिर्जनायात्रासँग पनि संवाद गर्नेछौँ। महिनाको १५ र ३० गते प्रकाशित गर्ने भनिएको अक्षर वार्ता यहाँहरूको सल्लाह, सुझाव र प्रेमले प्रत्येक मंगलबार प्रकाशित गर्ने निर्णय गरेका छौँ। यो प्रेमका लागि […]
विश्व मुटु दिवसमा प्रतिष्ठानका बीपीएच स्वास्थ्य परीक्षण

विश्व मुटु दिवसको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका जनस्वास्थ्य सङ्कायमा अध्ययनरत बीपीएच प्रथम र दोस्रो वर्षका विद्यार्थीहरूले रक्तचाप परीक्षण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन्। मुटु तथा रक्तनलीसम्बन्धी रोगको रोकथाम, उच्च रक्तचापको समयमै पहिचान तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। प्रतिष्ठानका डिन डा. सन्दीप श्रेष्ठको अध्यक्षतामा कार्यक्रमको उद्घाटन गरिएको थियो। […]
तातोपानीका विषयगत शाखा, गैरसरकारी संस्था र विकास साझेदारबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

तातोपानी गाउँपालिकाका विषयगत शाखा, गैरसरकारी संस्था (गैसस) तथा विकास साझेदार संस्थाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कबिराज उपाध्यायको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष नन्द प्रसाद चाैलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि रेवती रावल, विषयगत शाखाका प्रमुखहरू तथा गाउँपालिकामा कार्यरत विभिन्न गैरसरकारी संस्था र विकास साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। […]
संघीयतापछि स्वास्थ्य : अधिकार स्थानीय तहमा, सेवा अझै असमान

स्थानीय तहले आफ्नो स्वास्थ्य तथ्यांकका आधारमा प्राथमिकता तय गर्नुपर्छ। जनस्वास्थ्य, प्राथमिक स्वास्थ्य सेवा, स्वास्थ्य प्रवर्द्धन, पोषण, सरसफाइ, मानसिक स्वास्थ्य तथा नसर्ने रोग नियन्त्रणलाई स्थानीय विकास योजनाको अभिन्न अंग बनाउनुपर्छ। नेपालमा संघीय शासन प्रणाली कार्यान्वयनमा आएपछि राज्यको सेवा प्रवाहको संरचनामा ठूलो परिवर्तन आयो। संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक हकका रूपमा स्थापित गर्यो र संघ, प्रदेश तथा स्थानीय […]

