बिहीबार, २८ जेष्ठ, २०८३

०८४ को चुनाव लक्षित गर्दै हिमामा अध्यक्षका लागि एकपछि अर्को उम्मेदवारी घोषणा

अध्यक्ष पदका लागि विभिन्न उम्मेदवारहरू अघि आउन थालेसँगै हिमा गाउँपालिकाको राजनीतिक माहोल थप तातिएको छ। आगामी २०८४ सालको स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा हिमा गाउँपालिकामा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बन्दै गएको छ। यसै क्रममा हिमा गाउँपालिका–३ मोफ्लामा जन्मिएका युवा नेता गोपाल रोकायाले पनि अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। […]

सिंजा गाउँपालिकामा पहिलो पटक पूर्णखोप सुनिश्चित घोषणा, सबै बालबालिका खोपको पहुँचमा

कर्णाली प्रदेशको जुम्ला जिल्लास्थित सिंजा गाउँपालिका यस आर्थिक बर्षमा पहिलो ‘पूर्णखोप सुनिश्चित’ घोषणा गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेको छ। गाउँपालिकाभित्र रहेका ० देखि १५ महिनासम्मका सबै बालबालिकाले आवश्यक सबै खोप प्राप्त गरिसकेको पुष्टि भएपछि औपचारिक रूपमा पूर्णखोप सुनिश्चित घोषणा कार्यक्रम सम्पन्न गरिएको हो। स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यका साथ लामो समयदेखि निरन्तर अभियान सञ्चालन […]

जुम्लामा सुरु भयो नेपाल चिकित्सक संघको निर्वाचन, पहिलो दिन १७ मत खस्यो

नेपाल चिकित्सक संघ केन्द्रीय कार्यकारी समिति २०८२–२०८५ को निर्वाचन अन्तर्गत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा मतदान प्रक्रिया सुरु भएको छ। मतदातालाई सहजता प्रदान गर्ने उद्देश्यले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मतदान केन्द्रको व्यवस्थापन गरिएको हो। निर्वाचनको पहिलो दिन १७ मत खसेको जानकारी प्राप्त भएको छ भने मतदान प्रक्रिया भोलि पनि निरन्तर जारी रहनेछ। निर्वाचन अधिकृत तथा […]

हिमाका पहिरोपीडितका लागि ९१ हजार बढी राहत संकलन

जुम्लाको हिमा गाउँपालिका–६ स्थित खलढुंगा गाउँमा गएको सुख्खा पहिरोबाट प्रभावित परिवारलाई राहत वितरण गरिएको छ। गत चैत १७ गते दिउँसो करिब १२ बजेतिर गाउँमाथिबाट खसेको पहिरोले स्थानीय ललिजन अधिकारीका दुई घरमध्ये एक घर पूर्ण रूपमा नष्ट गर्नुका साथै अर्को घर आंशिक रूपमा क्षतिग्रस्त बनाएको थियो। सोही स्थानका बुच्चो अधिकारीको घरमा पनि क्षति पुगेको थियो। घटनाबाट […]

दैलेखमा अचेत बिरामीको आक्रमणमा परि तीन जना गम्भीर घाइते

आठबिस नगरपालिका वडा नं. ६ सद्दुमा उपचारकै क्रममा एक अकल्पनीय तथा गम्भीर घटना घटेको छ। स्थानीय स्रोतका अनुसार घरमै बिरामीको उपचार भइरहेका बेला अचानक अवस्था तनावग्रस्त बनेको हो। अचेत अवस्थामा रहेका बिरामीले एक्कासी धारिलो औजार प्रयोग गरेपछि त्यहाँ उपस्थित व्यक्तिहरू आक्रान्त भएका थिए। उक्त घटनामा परेर टिकानाथ योगी, लोकेन्द्र नाथ योगी र नम नाथ योगी […]

सर्वसाधारण र व्यापारीमा छैन नयाँ वर्षको उत्साह, महँगी र मन्दीको चिन्ता !

महिनाभरि काम गर्दा तलब आउँछ जम्मा पाँच हजारदेखि पन्ध्र हजार । अनि एक बोरा चामलमै तीन हजार परेपछि कसरी जीविकोपार्जन चलाउने ? फेरि चामलमात्र किनेर भएन, दाल, मरमसला, तरकारी पनि खानैपर्‍यो । नयाँ वर्ष शुरु भइसकेको छ । तर, आम नागरिकमा नयाँ सालको उत्साहभन्दा पनि चिन्ता देखिन्छ । २०८३ सालमा झन् महँगी बढ्ने बजारमा व्यापक […]

शिक्षा मन्त्रीलाई खुला पत्र

माननीय शिक्षा मन्त्रीज्यू,सादर नमस्कार। सर्वप्रथम, राष्ट्रिय स्वतन्त्र पार्टी, सम्पूर्ण मन्त्रिमण्डल तथा देशभरका जनप्रतिनिधिहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। म एक शिक्षकको नाताले तपाईंप्रति केही अपेक्षा र भावनाहरू व्यक्त गर्न चाहन्छु। जीवनको सुरुवाती चरणमा म निजामती सेवामा प्रवेश गर्ने लक्ष्य राखेको थिएँ। तर निरन्तर प्रयासका क्रममा शिक्षक सेवा आयोगको अवसर आयो, परीक्षा दिएँ र […]

ताजा समाचार