बुधबार, २१ माघ, २०८२

चार हजार मिटर उचाईमा रहेको नदै डाबबाट कर्णाली याक्सको जर्सी सार्वजनिक

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि कर्णाली याक्सकाे नयाँ जर्सी जुम्ला र जाजरकाेट जिल्लाको सिमानामा अवस्थित धार्मिक स्थल नदै डाबबाट सार्वजनिक गरिएको छ। समुन्द्री सतहबाट करिब चार हजार मिटर उचाइमा अवस्थित रहेको पवित्र धार्मिक तथा पर्यटकीय स्थल नदै डाबबाट कर्णाली याक्सकाे नयाँ जर्सी सार्वजनिक गरिएको हाे। नेपालमा हुन लागेकाे दाेस्राे नेपाल प्रिमियर लिग […]

कर्णालीकी छोरी पुस्तककि लेखिका तथा निर्देशक बस्नेतकी आमाको निधन

‘कर्णालीकी छोरी : संघर्ष, सेवा र समर्पणको गाथा’ पुस्तककि लेखिका समाजसेवी अमृता कठायत (बस्नेत)को निधन भएको छ। बस्नेतको ७१ वर्षको उमेरमा निधन भएको हो। लामो समयदेखि डायलासिस उपचारमा रहेकी उनलाई निमोनिया भएपछि भेन्टिलेटरमा राखिएको थियो। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।

चुनाव नजिकिएसँगै प्रचण्डको पुरानै दाउ, पटकपटक देश लुट्नेलाई जनताले चिनिराखौं!

माओवादी जसको सरकार बन्छ, त्यसमा सहभागी भएको छ। प्रश्न उठ्छ–पटकपटक काम गर्ने ठाउँमा पुगेर माओवादीले गर्‍योचाँही के? माओवादीका अध्यक्ष प्रचण्डदेखि जम्मै नेता विलासी बने। २०७४ सालमा माओवादी र एमालेबीच पार्टी एकीकरणको सम्झौता भयो। २०७४ मंसिर १० र २१ गते भएको संसदीय निर्वाचनमा दुई पार्टीले गठबन्धन गर्यो। ३३ सीट प्रत्यक्षसहित २० सीट समानुपातिकको गरेर माओवादीले कुल […]

आँखा शिविरबाट सिञ्जामा ४८ जनालाई नयाँ दृष्टि

जुम्लाको सिंजा गाउँपालिका ३ नराकोट स्वास्थ्य चौकीमा आँखा शिविर सम्पन्न भएको छ। सोमबार र मंगलबार सञ्चालन गरिएको दुईदिने निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविरमा ४८ जनाले दृष्टि पाएका छन्। जसमा २६ जना पुरुष र २२ जना महिला रहेका छन्। नेपाल नेत्रज्योति संघ जुम्लाको समन्वय, हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र गाउँपालिकाको आयोजनामा गरिएको शिविरमा २ सय […]

ताजा समाचार