सोमबार, १२ माघ, २०८२

जुम्लामा करेन्ट लागेर एक किशोर घाइते

चन्दनाथ नगरपालिका–५ टुडिखेलको तल्लो गेट नजिक करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन्। टुडिखेलमा खेल्ने क्रममा बिद्युत् पोलमा लत्रिएको नाङ्गो तार छोइएपछि तिला गाउँपालिका–६, घोडा गाउँका अन्दाजी १८ वर्षीय टेक बहादुर रोकाया घाइते भएका जिल्ला प्रहरी प्रमुख रबिन बाबु रेग्मीले जानकारी दिए। गम्भीर घाइते रोकायालाई तत्काल उद्धार गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि […]

ढाडाकोटदेखि देउडा पाटनसम्म

बडिमालिका यात्रा -भाग ३ बाटोमा पर्ने पादुका कैलाश धामको दर्शन गर्दा साँच्चै आत्माले शान्ति पायो। शिवलिङ्गको समूह नै थियो त्यहाँ, यति धेरै शिवलिङ्ग कि गन्न पनि समय लाग्ने। पानी परिरहेको थियो। गुरुले पूजा सकाएपछि टीका लगाइदिनुभयो। यात्रा निरन्तर चलिरहेको छ। दुखेका छैनन् मेरा काँध, थाकेका छैनन् मेरा खुट्टा निरन्तर अघि बढिरहेका छन्। मेरा खुट्टाका औलामा […]

कविता : छाउगोठको ढुङ्गा

बारलाको अँध्यारो गाउँ,पन्चदेवल–विनायक नगरपालिका,वडा नम्बर आठ,त्यहाँ वर्षासँगै आयो मृत्युको खबर,गोठको छानो च्यातेरआकाशबाट झर्‍यो ढुङ्गा,रगतसँगै लतपतियो धर्ती। दुई आमा,एक नानी,जिन्दगीसँग जुधिरहेका थिए,तर अन्धविश्वासले बनाएकोछाउगोठको भित्ताभित्रउनीहरूको सपना थुन्इएको थियो। कसरी मान्छे हुन्छन् क्रुर?कसरी धर्मको नाममामृत्युलाई घरमा होइन,गोठमा पठाइन्छ?शरीरलाई अपवित्र भन्नेहरूलेआफ्नै आत्मा अपवित्र बनाए। हे समाज!तिमी किन नदेख्ने गर्छौआमाको आँसु?किन नसुन्ने गर्छौनानीको चिच्याहट?छाउपडीको कालो प्रथाकस्तो शाप होजो हरेक […]

घरमै सुत्केरी हुँदा मुगुको सुनिताको ज्यान गयो

अत्यधिक रक्तस्राव हुन थालेपछि थप उपचारका लागि प्रसूति केन्द्रले जिल्ला अस्पताल लैजान सल्लाह दिएपछि परिवारले राति १० बजे जिल्ला अस्पतालमा पुर्‍याएका थिए। बुधबार बिहान ११ बजे घरमै सुत्केरी भएकी सोरु गाउँपालिका–८ रुमा गाउँकी ३४ वर्षीया सुनिता बुढाको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको छ। बुधबार बिहान ११ बजे घरमै सुत्केरी भएकी सोरु गाउँपालिका–८ रुमा गाउँकी […]

अछाममा छाउगोठमा ढुङ्गा खस्दा सुतिरहेका दुई महिलाको मृत्यु, एक बालिका गम्भीर घाइते

अछामको पञ्चदेवल विनायक नगरपालिका–८ वारलामा छाउपडी गोठमा सुतिरहेको अवस्थामा ढुङ्गा खस्दा दुई महिलाको ज्यान गएको छ भने एक बालिका गम्भीर घाइते भएकी छन्। मृत्यु हुनेमा मङ्गलसेन नगरपालिका–६ जनाली बण्डाली घर भएकी अन्दाजी १० वर्षीया बबिता भण्डारी र पञ्चदेवल विनायक नगरपालिका–८ वारलाकी अन्दाजी ३० वर्षीया मिम खनाल रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएकी वर्ष ३६ की […]

प्रधानमन्त्रीको भ्रष्टाचारविरोधी नारा, यातायात कार्यालयमा जनताको ज्यानै जोखिममा राखेर खुलेआम घुसको लेनदेन !

कानूनमा जाँचपास र प्रदूषण सकिएको पन्ध्र दिनभित्र फेरि नगरेमा जरिवाना तिर्नुपर्छ। तर, यातायातका कर्मचारी र व्यवसायीको मिलेमतोमा जरिवाना लिइँदैन। घुस पाएपछि कर्मचारीहरूलाई जरिवानाको के चासो। उता, चार–चार महिनामा गर्नुपर्ने रोडपरमिट नवीकरणको पाँच सयदेखि आठ सय रुपैयाँसम्म लाग्छ। प्रधानमन्त्री केपी शर्मा ओली भन्छन्, ‘भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ।’ तर, यातायात कार्यालयहरूमा अझै पनि घुस […]

ताजा समाचार